७ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला

अ+ अ-

काठमाडौँ । कलैया उपमहानगरपालिका-१ कटि पर्सा टोलबाट हराएकी करिब दुई वर्षीया बालिका बिन्दी कुमारी मण्डललाई प्रहरीले खोजीका क्रममा सकुशल फेला पारेको छ।

मुकेश कुमार मण्डलकी छोरी बिन्दी शनिबार साँझ करिब ५:३० बजे घरको अगाडिबाट सम्पर्कविहीन भएकी थिइन्। बालिका हराएको जानकारी उनका हजुरबुवा मदन मण्डलले राति करिब ८:४५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क, बारामा गराएका थिए।

सूचना प्राप्त भएलगत्तै प्रहरीले खोजी कार्य अघि बढाएको थियो। बालिकाको अवस्था पत्ता लगाउन रातभर विभिन्न समूह बनाएर प्रहरी परिचालन गरिएको थियो भने खोजीमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीसमेत खटाइएको थियो। प्रहरीका अनुसार आइतबार बिहान करिब ५:४५ बजे कलैया उपमहानगरपालिका–२६ सिस्वास्थित सडकबाट बालिका सकुशल फेला परेकी हुन्।

फेला परेपछि आवश्यक प्रक्रिया पूरा गरी बिहान ११ बजे बालिकालाई उनका बुबा मुकेश कुमार मण्डल र हजुरआमा सावित्री मण्डलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

बालिका हराएको सूचना प्राप्त भएपछि तत्काल खोजी टोली परिचालन गरी केही घण्टामै सकुशल उद्धार गरिएको घटनाले बालबालिका हराउने अवस्थामा तत्काल प्रहरीलाई जानकारी गराउनु र समन्वयमा खोजी अघि बढाउनुको महत्त्वसमेत देखाएको छ।

0 Comments