७ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रदेशले आफ्नै प्रहरी प्रशासन र कर्मचारी संयन्त्र नपाउनु दु:खद्’ : विमलेन्द्र निधि

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले प्रदेश सरकारले आफ्नै प्रहरी प्रशासन र कर्मचारी संयन्त्र नपाउँदा संघीय संरचनाको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन्।

जनकपुरधाममा आयोजित काँग्रेसको १५औँ महाधिवेशन केन्द्रित अन्तरक्रियामा निधिले प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि संविधानले परिकल्पना गरेअनुसार प्रशासनिक र सुरक्षा अधिकार हस्तान्तरण नभएको बताए।

संघीय संसद्मा बलियो उपस्थिति रहेका दलहरूले नै प्रदेशलाई अधिकार दिन तत्परता नदेखाएको निधिको आरोप छ। प्रदेश मातहत प्रहरी र कर्मचारी नहुँदा प्रदेश सरकारको संस्थागत क्षमता कमजोर भएको उल्लेख गर्दै उनले संघीयता कार्यान्वयनलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए।

निधिले सरकार संसद् र नागरिकप्रति पर्याप्त उत्तरदायी नदेखिएको टिप्पणी गरे। लोकतान्त्रिक शासनमा सरकारी वैधता र कार्यसम्पादनको परीक्षण संसद्बाट हुने भन्दै उनले संसदीय गरिमा उपेक्षा गर्दा समग्र लोकतान्त्रिक प्रणाली कमजोर हुने बताए।

सरकारले संसद्लाई महत्त्व नदिएको र आफ्नो कामप्रति जवाफदेही हुन नखोजेको उनको आरोप छ।

सरकारी निकायबाट अभियोग लगाइएका व्यक्तिले अदालतबाट सफाइ पाउने क्रम देखिएको उल्लेख गर्दै निधिले पक्राउ तथा अनुसन्धानमा राजनीतिक पूर्वाग्रह राख्न नहुने बताए। प्रतिशोधमा आधारित राजनीतिक अभ्यासबाट सुशासन र विधिको शासन स्थापित हुन नसक्ने उनको भनाइ छ।

कानुनी तथा प्राविधिक विषयमा अदालतबाट हुने पुनरावलोकनले सकारात्मक निष्कर्ष दिने विश्वाससमेत उनले व्यक्त गरे।

काँग्रेसको आसन्न १५औँ महाधिवेशनबारे निधिले पार्टीको विधान र आन्तरिक प्रक्रियाको पालना गर्नुपर्ने बताए। महाधिवेशनलाई संगठनभित्रको एकता सुदृढ गर्ने अवसरका रूपमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

उनले नेता तथा कार्यकर्तालाई गाउँ र वडा तहसम्म पुगेर संगठन विस्तार तथा सुदृढीकरणमा सक्रिय हुन आग्रह गरे।

0 Comments