८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा डडेल्धुराकी मन्जु देवी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय (आधारभूत विद्यालय), पर्सेरावलमा कार्यरत बोहराविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो।

बालविकास सहजकर्ता पदमा नियुक्त हुँदा बोहराले पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको उजुरीपछि आयोगले अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा उनले भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्बाट हाईस्कुल परीक्षा उत्तीर्ण गरेको भन्दै सन् २०१० को मार्कसिट, प्रमाणपत्र र प्रव्रजन प्रमाणपत्र पेस गरेको आयोगले जनाएको छ। ती प्रमाणपत्र झुट्टा तथा नक्कली रहेको आयोगको दाबी छ।

आयोगका अनुसार बोहराले उक्त प्रमाणपत्र तयार गरी वा गराई विद्यालयमा पेस गरेर बालविकास सहजकर्ता पदमा नियुक्ति लिएकी थिइन्। सोही पदमा बहाल रही उनले पारिश्रमिक, भत्तालगायतका सेवा-सुविधा प्राप्त गरेको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ।

आयोगले उनको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको दाबी गरेको छ। सोही व्यवस्थाअनुसार कैद र जरिवानाको सजाय माग गर्दै आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

0 Comments