८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालमै बनेको ‘यात्री पी-२’ले राष्ट्रिय आत्मविश्वास जगाएको छ’ : अर्थमन्त्री वाग्ले

नेपालमै डिजाइन र उत्पादन गरिएको विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले स्वदेशी उत्पादनले राष्ट्रिय आत्मविश्वास बढाएको बताएका छन्। यसको विस्तारमा सरकारले सहयोग र संरक्षण गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र उत्पादन गरिएको विद्युतीय स्कुटर ‘यात्री पी-२’ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएको बताएका छन्।

सिप्रदी यात्री कम्पनीले निर्माण गरेको स्कुटर सोमबार सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले नेपालमै विश्वस्तरीय उत्पादन सम्भव रहेको सन्देश यात्रीले दिएको बताए।

उनले स्कुटरको डिजाइन बुढानीलकण्ठमा गरिएको र धादिङमा उत्पादन हुने उल्लेख गर्दै स्वदेशमै डिजाइनदेखि उत्पादनसम्मको काम हुनु सकारात्मक भएको बताए।

‘बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो। नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो “नेपालमा बबालै हुन्छ” भन्ने सन्देश हो,’ अर्थमन्त्री वाग्लेले भने, ‘नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास पनि जगायो।’

अर्थमन्त्री वाग्लेले यात्री पी-२ ले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने गरी आफ्नो गुणस्तर स्थापित गरोस् भन्ने अपेक्षा व्यक्त गरे। उनले इटालीका प्रख्यात ब्रान्डभन्दा पनि अब्बल बन्ने र विश्व बजारमा विस्तार हुन सक्ने उत्पादनका रूपमा विकास होस् भन्दै शुभकामना दिए।

स्वदेशमै निर्माण भएको विद्युतीय स्कुटरको उत्पादन तथा बजार विस्तारका लागि सरकारले आवश्यक सहयोग र संरक्षण गर्ने प्रतिबद्धतासमेत अर्थमन्त्री वाग्लेले व्यक्त गरे।

0 Comments