९ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा कृषि र वनमा आधारित उत्पादनको प्रदर्शनी

अ+ अ-

काठमाडौँ । महिला उद्यमीहरूले उत्पादन गरेको कृषि र वनमा आधारित उत्पादनको प्रदर्शनी आयोजना गरिएको छ । आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले मंगलवार काठमाडौँको होटेल र्याडिसनमा महिला उद्यमीहरूको उत्पादनलाई प्रदर्शन गरेको हो । 

प्रदर्शनीमा महिला उद्यमीहरूले मह, जडिबुडी, कफी, चिया, कपडा लगायतका उत्पादन राखेका छन् । प्रदर्शनीसँगै आध्यान्ताले वन तथा कृषिमा आधारित उद्यमलाई निजी क्षेत्रसँगको साझेदारीमा विस्तार तथा स्तरोन्नति गर्ने सम्बन्धी सरोकारवालासँग छलफल समेत आयोजना गरेको थियो ।

छलफलमा निजी क्षेत्र, सरोकारवाला लगायतको सहभागिता रहेको थियो । आध्यान्ता फण्ड म्यानेजमेण्ट लिमिटेडले किसानलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको कम्पनीका संस्थापक तथा अध्यक्ष मनोज पौडेलले जानकारी दिए। 

आध्यान्तले सम्भावना बोकेका कृषि तथा अन्य उद्यममा लगानी गर्ने र तिनलाई लगानीयोग्य तथा विस्तारयोग्य बनाउन काम गरिरहेको पौडेलको भनाई छ । हाल किसान र उपभोक्ताबीच देखिएको मूल्य श्रृंखलाको अन्तर समाधान गर्न पनि आफूहरूले पहल गरिरहेको उनले जानकारी दिए । यद्यपि आफूहरूको पहले मात्रै नहुने हुँदा राज्यले पूर्वाधार, उद्यम र प्रविधिमा लगानी गर्न आवश्यक रहेको उनको भनाई छ । पौडेलका अनुसार किसानले खेतमै उत्पादन विक्री गर्दा पाउने मूल्य र काठमाडौँ लगायतका बजारमा उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ । 

पूर्वाधारमा रहेको लगानी अक्षमताका कारण मूल्यमा ठुलो अन्तर परेको उनको भनाई छ । कोल्ड स्टोरेज, वेयरहाउस, प्रशोधन तथा बजार व्यवस्थापनजस्ता पूर्वाधारमा लगानी बढाउन सकेमा किसानले उचित मूल्य पाउने र उपभोक्ताले पनि तुलनात्मक रूपमा उचित मूल्यमा वस्तु पाउने अवस्था बनाउन सकिने उनको भनाई छ ।

दूध, चिया, अदुवा लगायतका कृषि उत्पादनले बजार नपाउने समस्या समाधान गर्न उत्पादनसँगै प्रशोधन र बजारसँग जोडिने उद्यमको विकास आवश्यक रहेको उनले बताए । आध्यान्तले यस्ता उद्यममा लगानी गरी किसानलाई जोड्ने र क्षेत्रगत रूपमा कृषि मूल्य श्रृंखला बलियो बनाउने रणनीति लिएको उनको भनाई छ । उनले लगानीकर्ताबाट छरिएर रहेको पुँजी एकत्रित गरी कम्पनीले सम्भावना बोकेका उद्यममा लगानी गर्ने गरेको उनले जानकारी दिए। उनले सानो पुँजी भएका धेरै किसानलाई वित्तीय प्रणालीसँग जोड्न प्रविधिको प्रयोग पनि आवश्यक रहेको बताए । उनका अनुसार आध्यान्तले दुई वर्षअघि ‘खेती’ नामक एग्रिटेक कम्पनीमा लगानी गरेको थियो । उक्त डिजिटल एपमार्फत किसानले कृषि सामग्री खरिदका लागि बैंक ऋणमा आवेदन दिन सक्ने र ठूलो संख्यामा किसानलाई एउटै प्लेटफर्ममा जोड्ने काम भइरहेको छ ।

0 Comments