९ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा आज साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको उक्त बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालू आठौँ अधिवेशन भदौ ११ गते बिहीबार राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेले जानकारी दिए । 

बैठकले प्रदेशको स्थायी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने अवधि थप गर्ने निर्णयसमेत गरेको छ । 

प्रदेश सरकारको स्थायी सङ्गठन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक अध्ययन तथा सर्वेक्षणको अवधि थप गर्ने प्रस्ताव बैठकमा पेस भएको थियो ।

बैठकले नवनियुक्त मन्त्रीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ । मुख्यमन्त्री आचार्यले बैठकमा प्रदेश सरकारको कामलाई थप प्रभावकारी बनाउन निर्देशन दिए । मुख्यमन्त्री आचार्यले विकास निर्माणका कामलाई गति दिन र नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई चुस्त, प्रभावकारी तथा जनमुखी बनाउन मन्त्रीको भूमिका थप सक्रिय हुनुपर्ने बताए । 

उनले मन्त्रालयको जिम्मेवारी अनुसार योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन निर्देशन दिएका हुन् । 

लुम्बिनी प्रदेश सरकारको प्रवक्तामा सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेलाई जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रीको नयाँ जिम्मेवारी पाउनुभएका घिमिरेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि स्वास्थ्य मन्त्री रहँदा घिमिरेलाई नै सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।

0 Comments