काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्दै छ।
रसुवामा आएको बाढी र त्यसबाट उत्पन्न परिस्थितिमा केन्द्रित भएर बैठक बस्न लागेको सांसद जगदीश खरेलले जानकारी दिएका छन्।
बैठकमा बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रको अवस्था तथा उद्धार र राहतका विषयमा छलफल हुने बताइएको छ।






