१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशीको बाढीपछि एमालेको आकस्मिक बैठक: उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गरेको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधवार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले सो माग गरेको हो ।

चीनको स्वशासित क्षेत्र तिब्बत (सिजाङ) तर्फबाट बुधवार बिहान आएको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाका विभिन्न बस्तीहरूमा ठूलो विनाश निम्त्याएको छ । 

बाढीका कारण रसुवागढी, टिमुरे, स्याफ्रुबेसी, मैलुङ, बेत्रावती र त्रिशूली लगायतका क्षेत्र प्रभावित भएका छन् । 

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बाढीका कारण ठूलो सङ्ख्यामा महिला, बालबालिका, पर्यटक, सुरक्षाकर्मी तथा कर्मचारीहरू सम्पर्कविहीन भएका छन् । बाढीले टिमुरे बजारसहितका बस्तीमा सयौँ घर, पसल, भन्सार कार्यालय, प्रहरी चौकी, दूरसञ्चार टावर, सडक, पुल, जलविद्युत आयोजना र कृषि क्षेत्रमा व्यापक क्षति पुर्याएको छ । 

बैठकले नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको स्मरण गराउँदै बेपत्ताहरूको खोजी, जोखिममा रहेकाहरूको स्थानान्तरण र घाइतेहरूको तत्काल नि:शुल्क उपचार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । यस्तै, मानवीय र भौतिक क्षतिको विवरण संकलन गरी तत्काल र दीर्घकालीन राहत प्याकेज घोषणा गर्न पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । 

एमालेले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ । यस विषम परिस्थितिमा संघ, प्रदेश र स्थानीय सरकारका साथै राजनीतिक दल, नागरिक समाज र सामाजिक संघ–संस्थाहरूलाई एकीकृत रूपमा सहकार्य र समन्वय गर्न एमालेले अपिल गरेको छ ।

नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, जनसंगठनका सदस्य र जनप्रतिनिधिहरूलाई प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार र राहत कार्यमा सक्रिय हुन विशेष निर्देशन दिइएको आचार्यले बताए । सरकारले कुनैपनि बहानामा ढिलासुस्ती नगरी उद्धार र राहत सामग्री वितरणमा तदारुकता देखाउनुपर्नेमा एमालेले जोड दिएको छ ।

0 Comments