१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावितको खोजी रातभर जारी राख्दै सेना, थप ६५६ सैनिक तयारीमा

अ+ अ-

भोटेकोशी बाढी प्रभावितको खोज तथा उद्धारका लागि नेपाली सेनाले रातभर ११ टोली परिचालन गर्ने भएको छ। दिनभर हवाई र स्थलमार्गबाट १३३ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको खोज तथा उद्धार नेपाली सेनाले रातभर पनि जारी राख्ने भएको छ। विभिन्न स्थानमा ठूलो सङ्ख्यामा प्रभावित उद्धारको पर्खाइमा रहेकाले सेनाले ११ वटा टोलीमार्फत स्थलमार्गबाट रातभर खोज तथा उद्धार सञ्चालन गर्ने जनाएको छ।

सेनाका अनुसार टिमुरेमाथिको क्षेत्रमा रहेका ठूलो सङ्ख्याका प्रभावितलाई बिहीबार बिहान हवाई माध्यमबाट उद्धार गर्ने तयारी गरिएको छ। विभिन्न सुरुङमा अड्किएका व्यक्तिको उद्धारका लागि समेत प्रयास जारी राखिने भएको छ।

हवाई र स्थल उद्धारमा थप जनशक्ति
सेनाले उद्धार कार्यलाई प्रभावकारी बनाउन हवाई साधनको परिचालनसँगै जमिनमा थप फौज खटाउने जनाएको छ। अन्य सुरक्षा निकाय, सरोकारवाला संस्था तथा स्थानीयसँग समन्वय गरी प्रभावित क्षेत्रमा विस्तृत खोज तथा उद्धार सञ्चालन गर्ने तयारी छ।

राहत सामग्री वितरण, मित्रराष्ट्रबाट प्राप्त हुने राहत सामग्रीको ढुवानी तथा आवश्यक स्थानमा सामग्री पुर्‍याउने कार्यमा पनि सेनाले सहयोग गर्ने जनाएको छ।

दिनभर १ हजार ६९७ सैनिक परिचालन
बाढी प्रभावित क्षेत्रमा बुधबार दिनभर नेपाली सेनाका १ हजार ६९७ जना परिचालन गरिएको थियो। आवश्यकता अनुसार तत्काल खटाउन थप ६५६ जना सैनिक तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ।

दिनभरको खोज, उद्धार तथा राहत कार्यमा ६ वटा सैनिक हेलिकप्टर प्रयोग गरी ९४ जनाको उद्धार गरिएको छ। पाँचवटा गैरसैनिक हेलिकप्टरमार्फत थप १२ जना तथा स्थलमार्गबाट २७ जनाको उद्धार गरिएको छ।

यसरी हवाई र स्थलमार्गबाट बुधबार दिनभर कुल १३३ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

प्रभावित क्षेत्रमा टेन्ट र मेडिकल सामग्री
सेनाका अनुसार प्रभावित क्षेत्रमा ८०० किलो टेन्ट र २०० किलो मेडिकल सामग्री पुर्‍याइएको छ। उद्धारमा परिचालित हेलिकप्टरमार्फत प्रभावितलाई खाना र पानीसमेत उपलब्ध गराइएको छ।

बाढी प्रभावित क्षेत्रमा फसेका व्यक्तिको उद्धार, सम्पर्कविहीनको खोजी तथा राहत वितरणलाई रातभर निरन्तरता दिँदै बिहीबार बिहानदेखि हवाई उद्धारलाई थप केन्द्रित गर्ने सेनाको तयारी छ।

0 Comments