काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
तिब्बततर्फबाट आएको बाढीले पुर्याएको क्षति, उद्वार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा संसदमा रहेका सबै दलहरुलाई बोलाएको रास्वपा सचिवालयले जनाएको छ ।






