११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

अ+ अ-

चितवन । चितवन जिल्ला हुँदै बगेको त्रिशूली र नारायणी नदीमा आज बिहानदेखि शव खोज्ने काम सुरु गरिएको छ । अहिले बिहान ११ बजेसम्म ६९ वटा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार १९ पुरुष, १५ महिला, चार बालक, दुई बालिकाको सग्लो र २९ वटा अंगभंग अवस्थाको शव फेला परेको छ ।

शव खोजीका लागि नेपाली सेनाका ३३३ जना, नेपाल प्रहरीका २५० जना र सशस्त्र प्रहरीका १५० जनाभन्दा बढी जनशक्ति नदी किनारमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । शव खोजी तथा व्यवस्थापनका विषयमा सरोकारवालाहरूसँग जिल्ला प्रशासन कार्यालयमा छलफल गरिएको छ ।

प्रजिअ अर्यालले उद्योग संघ चितवनसँगै रहेको औद्योगिक विकास प्रतिष्ठानमा शव राख्नका लागि वातावरण अनुकूलित ठाउँ बनाइँदै गरेको जानकारी दिए । सो स्थानमा शव राखेर सम्बन्धित शवको तस्बिर बाहिर ‘मोनिटर’मा देखाइने भएको छ । भेटिएका शवको नजिकबाट तस्बिर लिएर ‘कोडिङ’ गरिँदै छ । शवको खोजीमा आएकाहरूलाई देखाएपछि पहिचान भएपछि आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धितलाई शव हस्तान्तरण गरिने भएको छ ।

हालसम्म भेटिएका शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । प्रजिअ अर्यालले अस्पतालमा खाँदेर राख्दा बढीमा ८० वटासम्म शव राख्ने क्षमता भएको जानकारी दिनुभयो । बाहिरी जिल्लाबाट पठाइएका शवलाई सम्बन्धित जिल्लामा फिर्ता गरिएको भन्दै उनले अन्य जिल्लालाई आफैँ व्यवस्थापन गर्न आग्रह गरिएको बताए । तनहुँबाट बुधबार पठाइएका नौ वटा शवलाई फिर्ता गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटीले शव राख्नका लागि ९५ वटा झोला सुरक्षा निकायलाई हस्तान्तरण गरेको छ । शवका लागि आवश्यक त्रिपाल र स्टेचर पनि रेडक्रसले नै उपलब्ध गराएको छ । बैठकमा होटेल व्यवसायी संघ चितवनले आफन्त हराएर खोज्न आउनेहरूलाई नि:शुल्क रूपमा खान र बस्न व्यवस्था गर्ने जनाएको छ । संघका महासचिव कृष्णकुमार चौधरीले सबै होटलमा छुट्याएर बस्ने र खाने व्यवस्था गरिने बताए ।

शव खोजी र व्यवस्थापनका क्रममा आवश्यक सामग्री सहयोग गर्न उद्योग वाणिज्य संघ चितवन र उद्योग संघले आफू र मातहतका निकायमार्फत सहयोग गर्ने जनाएका छन् । सो क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले विभत्स तस्बिर समाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रयोग नगर्न आग्रह गरे ।

बैठकमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नदी तटीय क्षेत्रका वडा अध्यक्षहरू, सुरक्षा निकायका प्रमुखहरू, अस्पताल व्यवस्थापक एवं सञ्चालक, उद्योग वाणिज्य संघ र उद्योग संघका अध्यक्षलगायत सरोकार भएकाहरूको उपस्थिति थियो ।

0 Comments