११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीपछि नुवाकोटमा अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति नियमित

अ+ अ-

काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीबाट विद्युत् संरचनामा परेको असरपछि नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रणालीमार्फत नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याएको छ।

बाढीका कारण नियमित विद्युत् आपूर्ति प्रभावित भएपछि प्राधिकरणले अत्यावश्यक सेवाका क्षेत्रमा वैकल्पिक प्रसारणमार्फत विद्युत् पुर्‍याउने व्यवस्था मिलाएको हो। धादिङ, काठमाडौँ र सिन्धुपाल्चोकबाट आउने ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी प्रभावित क्षेत्रमा आपूर्ति व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

नियमित प्रणालीबाट विद्युत् उपलब्ध हुन थप समय लाग्ने स्थानमा वैकल्पिक ऊर्जाको व्यवस्था गरिएको छ। काठमाडौँलगायत विभिन्न स्थानबाट २५-२५ केभीए क्षमताका दुई वटा तथा ५० केभीए क्षमताको एउटा डिजेल जेनेरेटरसहित चार प्राविधिक टोली नुवाकोट पठाइएको छ।

परिचालित प्राविधिक टोलीले अस्पताल, दूरसञ्चार सेवा र अन्य अत्यावश्यक क्षेत्रलाई केन्द्रित गरी जेनेरेटर जडान तथा ब्याक अप विद्युत् व्यवस्थापन गरिरहेको छ। अत्यावश्यक सेवा अवरुद्ध हुन नदिन वैकल्पिक स्रोतबाट विद्युत् आपूर्ति कायम गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

यसैगरी, रसुवामा पनि विद्युत् सेवा सञ्चालनका लागि विभिन्न वैकल्पिक उपायको तयारी भइरहेको छ। बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको अवस्थाबारे प्राविधिक अध्ययन तथा मूल्यांकन गर्दै दीर्घकालीन रूपमा नियमित आपूर्ति पुन:स्थापनाको कामसमेत अघि बढाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले प्रभावित क्षेत्रमा विद्युत् सेवा चाँडोभन्दा चाँडो सामान्य अवस्थामा ल्याउन उपलब्ध जनशक्ति, उपकरण र अन्य स्रोतसाधन परिचालन गरेको जनाएको छ। बाढी प्रभावित जलविद्युत् आयोजनाका कर्मचारी, मजदुर, उनीहरूका परिवार तथा स्थानीय बासिन्दाको उद्धारलाई समेत प्राथमिकतामा राखेर काम भइरहेको प्राधिकरणको भनाइ छ।

0 Comments