११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी उद्धारमा परिचालन

अ+ अ-

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि गृह प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

विपद्मा परेका नागरिकको उद्धार तथा सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिँदै कुल १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएको हो।

परिचालित जनशक्तिमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना रहेका छन्। उनीहरूलाई प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतसम्बन्धी कार्यमा खटाइएको छ।

बाढीका कारण सडक सम्पर्क अवरुद्ध भएका स्थानमा उद्धारका लागि स्थलमार्गसँगै हवाई माध्यमसमेत प्रयोग गरिएको छ। पहुँच कठिन भएका क्षेत्रबाट नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न नेपाली सेना तथा निजी हवाई कम्पनीका हेलिकप्टर परिचालन गरिएको जनाइएको छ।

हालसम्म हेलिकप्टरमार्फत ६९ पटक उडान गरी जोखिममा रहेका ३५१ जनालाई उद्धार गरिएको छ। सडक तथा स्थलमार्गबाट पुग्न कठिन भएका स्थानमा हवाई उद्धारले प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्न सहयोग पुगेको छ।

नदीमा तीव्र बहाव र प्रतिकूल मौसमको अवस्था कायम रहे पनि सुरक्षाकर्मीले जोखिम मोलेर खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। स्थानीय प्रशासन तथा सुरक्षा निकायले उद्धारसँगै प्रभावित क्षेत्रमा राहत वितरण र बाँकी सम्भावित जोखिममा रहेका व्यक्तिको खोजीलाई थप प्रभावकारी बनाउँदै लगेको जनाइएको छ।

0 Comments