१३ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

अ+ अ-

काठमाडौँ । युरोपेली संघ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ ।

इयूले आज विज्ञप्ति जारी गरी आपत्कालीन अवस्थामा सहायतास्वरुप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाइलगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो । इयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले पनि प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन थालिसकेका छन् ।

“उक्त सहायता यस वर्षको सुरुआतमा नेपालमा विपद् पूर्व तयारीका लागि विनियोजन गरिएको करिब ३० लाख युरो मानवीय सहायताको अतिरिक्त हो । विपद्पछि नेपालमा रहेका ईयूका साझेदार संस्थाहरूले पूर्व तयारी अवस्थामा राखिएका आश्रय सामग्री तथा राहत सामग्री वितरण गर्दै तत्काल सहयोग सुरु गरेका थिए”, विज्ञप्तिमा भनिएको छ । इयूले आफ्नो प्रतिकार्य समन्वय गर्न एसियाका लागि ‘र्‍यापिड रेस्पोन्स कोअर्डिनेटर’ समेत परिचालन गर्ने जनाएको छ ।

स्थानीय प्रतिकार्यमा सहयोग पुर्‍याउन इयूले प्रभावित क्षेत्रको नक्सा उपलब्ध गराउन ‘कोपरनिकस’ भू–उपग्रह सेवा सक्रिय गरेको छ । इयू कमिस्नर फर प्रिपेयर्डनेस एण्ड क्राइसिस म्यानेजमेन्ट हाड्जा लाहबिबले बाढीका कारण सडक बगेका, गाउँहरू सम्पर्कविहीन भएका र परिवारहरू आफ्ना सम्पर्कविहीन आफन्तको खोजीमा रहेका उल्लेख गर्दै यस बाढीले विगतका विपद्बाट पुनर्निर्माणमा रहेका समुदायलाई थप प्रभावित बनाएको बताए ।

उनले इयू प्रभावित समुदायको साथमा रहेको उल्लेख गर्दै तत्काल आवश्यक स्वास्थ्य सेवा, खाद्यान्न, पानी तथा आश्रयका लागि २० लाख युरो उपलब्ध गराइएको विज्ञप्तिमार्फत जानकारी दिए । 

0 Comments