१३ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रसुवा घटना ‘विनाशको लीला’ हो, दु:खद् छ’: माधव नेपाल

अ+ अ-

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रसुवा जिल्लामा आएको विनाशकारी प्राकृतिक विपद्प्रति दुःख व्यक्त गरेका छन् । 

शनिवार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रसुवा बाढीप्रति दुःख व्यक्त गरेका हुन् । नेता नेपालले रसुवामा गएको बाढीको घटनालाई ‘विनाशको लीला’ संज्ञा दिँदै ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको उल्लेख गरे । चीन र नेपालको सीमा नाका एवं मानसरोवर र कैलाश पर्वतको प्रवेशद्वारका रूपमा रहेको सो क्षेत्रमा भएको क्षतिले समग्र राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको उनको भनाइ छ । उनले ठूलो संख्यामा मानिसहरूको ज्यान गएको, कैयौँ घाइते भएको र हजारौँको उद्धार गरिएको जानकारी दिँदै सो क्षेत्रका जलविद्युत गृह, विद्यालय र अस्पतालहरूमा भएको भौतिक क्षतिको परिमाण अर्बौँ रुपैयाँ बराबर रहेको बताए । 

नेता नेपालले विकास निर्माणका ठूला आयोजना र राज्यको लगानीका प्राथमिकताहरू स्पष्ट हुनुपर्नेमा जोड दिए । देशको आर्थिक र सामाजिक रूपान्तरणका लागि समाजवादको विकल्प नरहेको बताए । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलजस्ता गौरवका आयोजनाको महत्त्वबारे चर्चा गर्दै बजेटको सदुपयोग र प्राथमिकता निर्धारणमा सरकार गम्भीर हुनुपर्ने बताए । 

राजनीतिक र वैचारिक सन्दर्भमा बोल्दै नेता नेपालले पुँजीवादले जनतालाई गरिबी, अभाव र बेरोजगारीमा राख्ने दाबी गरे । उनले सामाजिक न्याय र जनताको सेवाका लागि ‘नेपाली विशेषताको समाजवाद’ नै उत्तम विकल्प भएको जिकिर गरे । कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको व्यक्तिवादी प्रवृत्ति र नेताको अन्ध प्रशंसा गर्ने शैलीको आलोचना गर्दै उनले पार्टी व्यक्ति प्रधान नभई नीति र कमिटी प्रधान हुनुपर्नेमा जोड दिए ।

उनले भने,  ‘कुन ठाउँमा हवाई मैदान बनाउने र कुन पुललाई प्राथमिकता दिने भन्ने कुराको वैज्ञानिक छनोट हुनुपर्छ । कम्युनिष्ट पार्टीभित्र गुटबन्दी र व्यक्तिवाद गलत हो । हामीले नीति र सिद्धान्तको आधारमा संगठनलाई बलियो बनाउनुपर्छ । साना–ठूला चुनौती र हार–जितबाट विचलित नभई आफ्ना कमजोरीहरू सुधारेर अघि बढ्नु आजको आवश्यकता हो ।’

नेता नेपालले चीनको विकासमा अपनाइएका नीतिहरूको उदाहरण दिँदै नेपालले पनि आफ्नै परिवेश अनुकूलको समाजवादी बाटो पक्रिनुपर्ने बताए । पार्टी एकता र वैचारिक स्पष्टताले मात्र नयाँ नेपालको निर्माण सम्भव हुने विश्वास व्यक्त गरे । 

0 Comments