काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएका ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईँका अनुसार अस्पतालमा ल्याइएका शवमध्ये ३२ जनाको शव परीक्षण पूरा भइसकेको छ। बाँकी २७ शवको शव परीक्षण प्रक्रिया अघि बढ्न बाँकी रहेको उनले जानकारी दिए।
अस्पतालमा ल्याइएका मृतकमध्ये हालसम्म आठ जनाको मात्रै पहिचान खुलेको छ। अन्य ५१ शवको पहिचान हुन बाँकी रहेको अस्पतालले जनाएको छ।
बाढीमा परी मृत्यु भएका तथा बेपत्ता नागरिकको संख्या बढ्दै गएसँगै शवको पहिचान तथा कानुनी प्रक्रिया पूरा गर्ने काम सम्बन्धित निकायको समन्वयमा अघि बढाइएको छ।






