१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड

अ+ अ-

काठमाडौँ । १० भदौ रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि झन्डै दुई हजार चार सय जना अझै सम्पर्कविहीन छन् । 

उनीहरूका परिवार अहिले पीडामा छन् । आफन्तको खोजीमा भौँतारिरहेका परिवारजन सरकारसँग खोज तथा उद्धार कार्य तीव्र बनाउन आग्रह गरिरहेका छन् ।

सिन्धुपाल्चोककी निरुता तामाङका श्रीमान् रसुवाबाट सम्पर्कविहीन भएको आईतवार पाँच दिन भइसक्यो । दुई वर्षको सानो बच्चासहित श्रीमानको खोजीमा अहिले उनी काठमाडौँ आइपुगेकी छन् । 

तामाङले श्रीमान् कतै जंगल वा सुरक्षित स्थानमा पुगेर बाँचिरहेको हुन सक्ने आशा अझै नमरेको बताइन् । उनले सरकारसँग सम्पर्कविहीन भएका मानिसको खोजी तथा उद्धारलाई तत्काल प्रभावकारी बनाउन आग्रह गरिन। उनले अहिले पनि सयौँ नागरिक रसुवा, नुवाकोट र धादिङका जंगलहरुमा पर्खाइमा रहेको भन्दै उद्धार कार्य छिटो बनाउन आग्रह गरिन् ।

उनले भनिन्, ‘मेरो श्रीमान् आशिष् तामाङ बाढीमा सम्पर्कविहीन हुनुभएको छ । मेरो बच्चा २ वर्षको मात्र भयो । कतै भेटिनुहुन्छ कि भनेर यहाँसम्म आएकी हुँ । सरकारलाई पनि छिटोभन्दा छिटो खोज, उद्धार गरिदिन आग्रह गर्न चाहन्छु । बाढी आएको बेला कतै माथि जंगलतिर जानुभयो होला बाँच्नुभयो होला भन्ने आशा छ । जंगलमा रहेका मानिसहरूको छिटोभन्दा छिटो उद्धार गरिदिनुपर्‍यो भन्न चाहन्छु ।’

यस्तै, गोसाइँकुण्ड तीर्थयात्रामा जाने क्रममा बाढीमा परेका धादिङका दर्जनौँ यात्रु बससहित अझै सम्पर्कविहीन छन् । धादिङका गोपाल विश्वकर्माका अनुसार नीलकण्ठ नगरपालिका-९ र १२ तथा अन्य पालिकाका समेत गरेर २६ जना बाढीपछि सम्पर्कविहीन भएको बताए। उनले सम्पर्कविहीन साथीहरूको खोजिको लागि आफू काठमाडौँ आएको बताए । उनका अनुसार बाढीको त्रासदीबीच बेत्रावती पुगेपछि बसमा रहेका एक जनाले पोखरामा रहेका साथीलाई फोन गर्दै बस बगिसकेको र आफूहरूलाई पनि बाढीले बगाउन सक्ने भन्दै घरपरिवार र छोराछोरीको हेरचाह गरिदिन गरेका थिए ।

उनले भने, ‘मेरा साथीहरू गोसाईंकुण्ड जाने क्रममा बाढीमा परी सम्पर्कविहीन हुनुभएका धादिङ जिल्ला नीलकण्ठ नगरपालिका-१२, ९ लगायतका ठाउँका २६, २७ जना साथीहरू हराइरहनुभएको छ । उहाँहरू बससहित जानुभएको थियो । बससहित अहिलेसम्म सम्पर्कमा हुनुहुन्न । बेत्रावती पुगेपछि एक जना साथीले मेरो पोखरामा रहेका साथीलाई फोन गरेर बस बगाइसक्यो, हामीलाई पनि बगाउँछ । घरपररिवार र छोराछोरी हेरिदिनुहोला भनेर फोन गरेको भन्ने बताउनुभएको थियो । एउटा लास यहाँ आएको छ । थप केही लास पनि आइरहेको भन्ने त थाहा पाएँ । अझै १९ जना सम्पर्कविहीन हुनुहुन्छ ।’

त्रिवि शिक्षण अस्पतालमा आफन्तहरूको बाक्लो उपस्थिति थियो । बाढी आएपछि सम्पर्क हुन नसक्दा अवस्था बुझ्न र खोजी गर्न आएका परिवारजनका कारण अस्पताल परिसर व्यस्त छ ।

0 Comments