१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढोल-झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

अ+ अ-

काठमाडौँ । हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज गुञ्जिन थाल्छ । भीडको बीचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ । उसको चालसँगै भुच्चा पनि नाच्दै अघि बढ्छ ।

दर्शकका लागि यो मनोरञ्जनको दृश्य हो, तर यहाँका केही युवाका लागि भने आफ्ना पुर्खाले छाडेर गएको संस्कृति जोगाउने अभियान हो । कुनै समय नेवार समुदायको परम्परा, पहिचान र मनोरञ्जनसँग अभिन्न रूपमा जोडिएको लाखेनाच पछिल्लो समय नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ । पुरानो पुस्ताले बिर्सिँदै गएको यही परम्परालाई जोगाउन यहाँका नयाँ पुस्ताका युवा अहिले सक्रिय भएका छन् ।

पाल्पाली नाट्य कला सांस्कृतिक समूहमा आबद्ध युवाले लाखेनाचलाई अभियानकै रूपमा अघि बढाएका छन् । उनीहरूले घण्टाकर्णदेखि भगवती जात्रा अर्थात् कृष्ण जन्माष्टमीसम्म हरेक दिन साँझ लाखेनाच प्रदर्शन गर्दै आएका छन् ।

समूहका अध्यक्ष किरण चित्रकारका अनुसार यस अभियानको उद्देश्य केवल नाच देखाउनु होइन, नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्नु हो । ‘बाबुबाजेको परम्परा बिर्सिन थाल्यौँ, त्यही भएर आफ्नो संस्कृति संरक्षणमा लागेका हौँ’, चित्रकार भन्छन्, ‘लाखेनाच बिस्तारै लोप हुँदै जान थालेको छ ।’

नेवारी संस्कृति अन्य समुदायमाझ लोकप्रिय भए पनि आफ्नै समुदायले त्यसको संरक्षण गर्न नसकेकामा चित्रकारको चिन्ता छ । ‘अरू समुदायमाझ नेवारी संस्कृति एकदमै लोकप्रिय छ, तर नेवार समुदायले नै संरक्षण गर्न सकिरहेका छैनौँ’, उनी भन्छन् ।

चित्रकारका अनुसार पाँच सय वर्षअघि तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनको पालादेखि पाल्पा र आसपासका जिल्लामा लाखे नाचको प्रचलन सुरु भएको र त्यसले अहिलेसम्म निरन्तरता पाएको छ ।

मणिमुकुन्द सेनले काष्ठकला र संस्कृतिकलामा निपुण नेवार समुदायलाई पाल्पा ल्याएको र उनीहरूमार्फत गुठी तथा जात्रा परम्परामार्फत लाखेनाच पाल्पा भित्र्याएको इतिहासका जानकार बताउँछन् ।

लाखे नाचको आकर्षण यसको मुखौटा, वेशभूषा, बाजाको तालले दर्शकलाई छुट्टै रौनकता थप्ने गरेको छ । लाखे नाचमा डरलाग्दो मुखौटाको आकर्षणले बालबालिकादेखि पाका पुस्तासम्म यसको अवलोकनका लागि झुम्मिने गरेको इतिहासका जानकार पुष्करराज रेग्मी बताउँछन् ।

बाजाको तालमा लाखेको हाउभाउ, ढोल र झ्याम्टाको ताल र आकर्षक वेशभूषासहितको नाचले सबैलाई आकर्षित गर्ने गरेको उनले बताए । लोप हुन लागेको लाखेनाच संरक्षणका लागि पाल्पाली नाट्य कला सांस्कृतिक समूहले तानसेनका बसपार्क, हुलाकचोक, टक्सार, शीतलपाटी, नारायण स्थान, असनटोल र वसन्तपुरलगायतका स्थानमा हरेक दिन साँझ ६ः०० बजेदेखि करिब तीन घण्टासम्म लाखेनाच प्रदर्शन गर्दै आएको छ ।

यो नाच काठमाडौँ उपत्यकामा प्रचलित परम्पराका रूपमा चिनिए पनि पछिल्लो समय पाल्पासहित अन्य स्थानमा पनि विस्तार हुँदै गएको छ । तानसेनबाहेक नेवार बस्ती रहेका रामपुर, सराई, हार्थोक र आर्यभञ्ज्याङमा लाखेनाच नाच्ने परम्परा रहेको छ ।

मुखमा डरलाग्दो मुकुण्डो लगाएर दुईमध्ये एक लाखे र अर्को भुच्चा भएर नाचिने यो नाचमा लाखेले पछाडिपट्टि चौँरी गाईको चमर, महिलाले लगाउने घाँघर, चोलो लगाउने गरेको पाइन्छ भने भुच्चाले पुरुष भेषमा पछाडिपट्टि मकैको पात वा कपडाको पुच्छर लगाउने गर्छन् ।

संस्कृतिको संरक्षणमा पाल्पालीले सुरु गरेको अभियानलाई छिमेकी जिल्लाका सरोकारवालाले पनि सकारात्मक रूपमा लिएका छन् ।

0 Comments