१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

अ+ अ-

धनुषा । देशका विभिन्न स्थानमा बाढी पहिरोलगायत प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला महोत्तरीबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम जारी छ । व्यक्तिगत उत्सवदेखि सामाजिक तथा शैक्षिक संस्थासम्मले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका छन् ।

महोत्तरीको एक गाउँमा जन्मिएका व्यवसायी शम्भुनाथ झाले आफ्नो जन्मदिनको अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११ लाख एक सहयोग गरेका छन् । उनले व्यक्तिगत खुसीभन्दा विपद्मा परेका नागरिकको सहयोगलाई प्राथमिकता दिँदै जन्मदिनमा हुने खर्च सहयोग गरेका हुन् ।

झाले देश नै विपत्तिमा परेका बेला व्यक्तिगत उत्सवमा मात्र रमाउनु उचित नलागेकाले प्रभावित नागरिकको पीडामा आफ्नो तर्फबाट साथ दिने उद्देश्यले सहयोग गरेको बताए ।

“देश नै विपत्तिमा परेका बेला व्यक्तिगत खुसीमा मात्र रमाउनु उचित लागेन । बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडामा थोरै भए पनि साथ दिनुपर्छ भन्ने सोचले जन्मदिनको अवसरमा सहयोग गरेको हुँ”, उनले भने ।

बर्दिबासका सामाजिक अभियन्ता तथा योग गुरु सुमित्रा भट्टराईले रु. ५१ हजार सहयोग गरेकी छिन् । भोटेकोशीमा आएको बाढीबाट ठूलो क्षति भएपछि प्रभावित परिवार राहत तथा पुन:स्थापनाको पर्खाइमा रहेका बेला मानवीय भावनासहित सहयोग गरिएको भट्टराईले बताइन् ।

उनले विपद्का बेला सहयोग गर्नु सामाजिक दायित्व भएको उल्लेख गर्दै सहयोगको रकम ठूलो वा सानोभन्दा पनि पीडितप्रतिको साथ, सहानुभूति र मानवीय भावना महत्त्वपूर्ण हुने उल्लेख गरिन् ।

त्यसैगरी बर्दिबास उद्योग वाणिज्य संघको सहकार्यमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा श्री कृष्णचन्द्र ट्रेडर्सका सञ्चालक पोषणा थापाले रु. ५१ हजार सहयोग गरेका छन् ।

त्यस्तै मोनास्टिक स्कुल/कलेजले रु. पाँच लाख एक हजार सहयोग गर्ने भएको छ । प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा पुन:स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको विद्यालयले जनाएको छ ।

विद्यालयका निर्देशक डा. सोनु साहले विपद्का बेला पीडितपरिवारको साथमा उभिनु सबैको साझा सामाजिक दायित्व भएको बताइन् । सहयोगकर्ताले विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, सामाजिक संस्था तथा नागरिक समाज सबैले आफ्नो क्षमता र सामथ्र्यअनुसार सहयोग तथा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

0 Comments