१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी अपडेट: मृतकको संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन

अ+ अ-

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ भदौ १५ गते बिहान ९ बजेसम्मको अद्यावधिक विवरणअनुसार बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

प्राधिकरणकाअनुसार बाढीले बगाएका शवहरू विभिन्न जिल्लाहरूमा फेला परेका छन् । जसअन्तर्गत चितवनमा २ सय ७२, नवलपरासी पूर्वमा २ सय ७, नवलपरासी पश्चिममा १ सय ५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये केही मानव अंग मात्र रहेको र पहिचान हुन नसकेका शवहरूलाई विभिन्न २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ । 

हालसम्म २ सय ६७ जना घाइते भएकोमा १ सय ५६ जना उपचारपछि घर फर्किसकेका छन् । बाँकी घाइतेहरूको उपचारका लागि प्रभावित क्षेत्रमा ६ वटा विशेष सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ । 

विपद्का कारण अझै ४ हजार २ सय ४७ जना सम्पर्कविहीन रहेका छन् । जसमा रसुवाका ८ सय ६५ जना, नुवाकोटका १ हजार ५ सय ५८ जना, जलविद्युत आयोजनाका ९ सय ३३ जना र ५ सय ९२ जना विदेशी नागरिक रहेका छन् । साथै, सुरक्षा निकायका ८३ जना (सेना, प्रहरी र सशस्त्र) र भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारीहरू समेत सम्पर्कविहीनको सूचीमा छन् । 

खोज तथा उद्धार कार्यका लागि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । हालसम्म नेपाल प्रहरी ७ हजार ८ सय ९४, नेपाली सेना ८ हजार ७ सय २२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ गरी कुल २० हजार ८ सय १९ सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएका छन् । सेनाको हेलिकप्टरमार्फत हालसम्म ४ सय ११ पटक उडान भई १० हजार ४ सय ५१ जनाको उद्धार गरिएको छ, जसमा ३ हजार ३ सय ४४ नेपाली र २ सय ५२ विदेशी नागरिक रहेका छन् ।

राहत वितरण कार्यलाई पनि तीव्रता दिइएको छ । सरकारले रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । त्यस्तै प्रभावित १५ वटा पालिकाहरूलाई कुल ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

स्थल तथा हवाई मार्गबाट राहत सामग्री ढुवानी भइरहेको छ । हालसम्म ३७ ट्रक र ३५ बोलेरोमार्फत खाद्यान्न तथा गैर खाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । भदौ १४ गते मात्रै रसुवाका लागि ५ वटा पोर्टेबल जेनेरेटर, औषधि र स्वास्थ्य सामग्री पठाइएको छ भने नुवाकोटमा १६ वटा सवारीसाधन र हेलिकप्टरमार्फत राहत परिचालन गरिएको छ ।

प्राधिकरणले प्रभावित क्षेत्रमा इन्धनको मौज्दात पर्याप्त रहेको जानकारी दिएको छ । हाल २५ हजार लिटर डिजेल, २१ हजार लिटर पेट्रोल र १० हजार लिटर हवाई इन्धन मौज्दात छ ।

0 Comments