१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा

अ+ अ-

काठमाडौँ । चीनको दक्षिण-पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) काउन्टीमा रहेको केरुङ नाका जोड्ने राष्ट्रिय राजमार्गको अन्तिम खण्ड पुनः सञ्चालनका लागि उद्धारकर्ताहरूले मर्मत कार्यलाई तिब्र पारेका छन् । 

अवरुद्ध सडकको मर्मत कार्य सम्पन्न भई नाकाभन्दा १ किलोमिटरभन्दा कमको दुरीमा पुगेको छ । गत अगस्ट २६ मा आएको भीषण पहिरोका कारण लेदो र ढुङ्गा थुप्रिएर यो राजमार्ग गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो । मर्मत कार्य भइरहेको भौगोलिक क्षेत्र निकै कठिन मानिएको छ । भिरालो पहाडी खोँचमा अवस्थित उक्त स्थानको एकातर्फ अग्लो भीर र अर्कोतर्फ प्रतिसेकेन्ड ६ देखि ७ मिटरको गतिमा बग्ने तिब्र बहावको नदी रहेको छ । 

भौगोलिक जटिलताका कारण ठूला मेसिनरी उपकरणहरू प्रयोग गर्न पर्याप्त स्थान नभएपछि उद्धारकर्ताहरूले पालैपालो ९रिले० काम गरिरहेका छन् । उनीहरूले ठूला ढुङ्गाहरूको प्रयोग गरी सडकको जग मजबुत बनाउँदै नदीको तीव्र बहावका बीच सबैभन्दा कठिन खण्डहरूमा मर्मत कार्य जारी राखेका छन् । कार्यस्थलको सुरक्षाका लागि अत्याधुनिक प्रविधिको समेत प्रयोग गरिएको छ ।

 लेजरमा आधारित एआई मोनिटरिङ उपकरण, स्लोप राडार र ड्रोनमार्फत भिरालो जमिनको अवस्थालाई २४सै घण्टा निगरानी भइरहेको छ । यी उपकरणहरूले जमिनमा आउने सामान्य परिवर्तनलाई पनि तत्कालै पहिचान गरी सम्भावित जोखिमबारे पूर्वजानकारी दिने गर्दछन् । 

यो व्यापारिक मार्ग पुनः सञ्चालनमा आएसँगै विपद्ग्रस्त क्षेत्रमा आवश्यक उपकरण, जनशक्ति र राहत सामग्रीको ढुवानी सहज हुने अपेक्षा गरिएको छ ।

0 Comments