काठमाडौँ। संघीय संसदअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ९:३० बजे बस्ने गरी तय भएको छ। उक्त बैठकमा हालै रसुवामा आएको विनाशकारी बाढी पहिरोका कारण देशको पर्यटन क्षेत्रमा परेको असर तथा क्षतिबारे गहन छलफल हुने कार्यसूची छ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १२:१५ बजे बस्नेछ। सो बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गरिनेछ।






