१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छ’ : सांसद रेग्मी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले प्राकृतिक विपत्तिका कारण नेपालको पर्यटनमा परेको असर न्यूनीकरण गर्न सरकार, पर्यटन बोर्ड, निजी क्षेत्र एकजुट हुनुपर्ने बताएका छन् । 

बुधवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उनले रसुवा बाढीपछि नेपालको पर्यटन क्षेत्रमा केही असर देखिने बताएका हुन् । उनले पर्यटन पुनरुत्थानको लागी नेपाली संघसंस्थासँगै अन्तर्राष्ट्रिय पर्यटन संस्था तथा विदेशस्थित नेपाली नियोगलाई पनि तत्काल परिचालन गर्नुपर्ने बताए । 

उनले विपत्तिपछि पनि नेपाल पर्यटनका लागि खुला रहेको सन्देश विश्वभर पुर्‍याउन आवश्यक रहेको बताए। प्राकृतिक विपत्ति कुनै एक देश वा व्यक्तिको नियन्त्रणमा नरहेको भन्दै उनले यसलाई त्यही रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिए । 

नेपालमा विपत्ति भएपनि देशका सबै पर्यटकीय गन्तव्य प्रभावित नभएकोले ‘नेपाल खुला छ’ भन्ने सन्देश विश्व पर्यटन बजारमा तत्काल पुर्‍याउनुपर्ने उनको भनाई छ । उनले नेपालले अन्तर्राष्ट्रिय संस्थालाई तिर्दै आएको सदस्यता तथा अन्य शुल्कलाई पर्यटन प्रवर्द्धनमा उपयोग गर्ने समय आएको बताए।

 उनका अनुसार नेपालले संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठनलाई वार्षिक रूपमा रकम तिर्दै आएको छ । त्यस्ता संस्थासँगको सम्बन्धलाई अहिले प्रभावकारी सञ्चार र नेपालको वास्तविक अवस्था सार्वजनिक गर्न प्रयोग गर्नुपर्ने उनको भनाई छ ।

उनले भने, ‘अहिले नेपाल आउ भनेर कोही आउनेवाला छैन । यो प्राकृतिक विपत्ति हो, यो जहाँ पनि आउन सक्छ । यो नेपालमा पहिलो होइन र यो अन्तिम पनि होइन । यस्ता हुन सक्छ कहीँ पनि भोलि बिहानै नै हुन सक्छ, १० औँ वर्ष नहुन नि सक्छ, जुन देशमा जहाँ पनि हुन सक्छ । भनेपछि यसलाई यही अनुसारले बुझाउने हो । इट इज अ नेचुरल डिजास्टर । यसमा कसैको पनि दोष छैन भन्दाखेरि ग्लोबलकै एक–एक सिटिजन जसले थोरै पनि ग्रीन हाउस उत्सर्जनमा पुर्‍याएको छ भनेपछि पुरै ह्युम्यानिटीको सबैको छ । नेपालीले मेरो छैन भन्न नि मिल्दैन, हाम्रो पनि केही न केही अंश थोरै होला छ, दुनियाँको छ । अब नेपाल खुल्ला छ भन्ने म्यासेजलाई संसारभर पुर्‍याउन आवश्यक छ । सबभन्दा पहिला हामीले जसलाई पेमेन्ट गरेका छौँ, तीनलाई सक्रिय बनाउनपर्छ । मन्त्रालयले युएनडब्लुटिओलाई वर्षको ५० हजार ५० हजार डलर तिर्छ । उनीहरूसँग अब सहयोग लिने, ५० हजार डलर केको लागि तिरेका छौँ, हामीले रु उनीहरूसँग सहयोग लिने बेला यो हो। 

दोस्रो एनटीबीले पाटाको २५ हजार डलर वार्षिक रूपमा एउटा मेम्बर भएको इन्टरनेसनल पाटाको तिर्छ । आज पाटाको ग्लोबल्ली जति पनि मिडिया छ उनीहरूसँग उनीहरूको एउटा टुरिजमको इन्फर्मेसन दिने एउटा राम्रो प्लेटफर्म छ । 

उनीहरूलाई सुन्छ, उनीहरूले यो जुन हामी इन्फर्मेसन दिन चाहन्छौँ, नेपाल नाउको यसमा अपडेट हुन्छ है भनेर पहिला यिनीहरूबाट दिउँ । त्यो बाहेक नेपाल पर्यटन बोर्ड लगायतका हाम्रा साथीहरूले विभिन्न अघि नै फेम ट्रिपहरु अर्गनाइज गर्ने गर्नुभएको छ । हान, टान, नाटा, पाटा सबैले गर्दै आएकोमा कति छन्, इन्फ्लुएन्सरहरु जसले नेपालमा हाम्रो इन्भिटेसनमा आए रु ती सबैको लिस्ट बनाएर ती सबैलाई परिचालन गरौँ । नेपाल ओपन भन्ने जुन म्यासेज दिन छ, त्यो प्रत्येक वेभसाइट खोल्ने बित्तिकै देखिनपर्‍यो । यो एउटाको एनटीबीको अथवा मन्त्रालयकोले गरेर मात्र पुग्दैन । वि आर टक इन अबाउट द ग्लोबल अडियन्समा पुग्नुपर्ने हिसाबले गर्नुपर्छ ।’

उनले अन्तर्राष्ट्रिय पर्यटनसम्बन्धी संस्थाका सञ्चार प्लेटफर्ममार्फत पनि नेपाल सुरक्षित तथा पर्यटकका लागि खुला रहेको सूचना तत्काल प्रसार गर्नुपर्नेमा जोड दिए। नेपाल खुला छ भन्ने सन्देश एउटा मन्त्रालय वा नेपाल पर्यटन बोर्डले मात्र दिएर नपुग्ने उनको भनाई छ । विदेशस्थित नेपाली दूतावास तथा नियोगलाई समेत तत्काल सक्रिय बनाउनुपर्नेमा उहाँले जोड दिए । 

राजदूत नभएको अवस्थामा पनि दूतावासका उपप्रमुख, डीसीएम तथा अन्य कर्मचारीलाई परिचालन गरी सम्बन्धित देशको भाषामा नेपालको वास्तविक अवस्थाबारे सूचना प्रवाह गर्नुपर्ने उनको भनाई छ । 

0 Comments