काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी २० भदौमा बस्ने गरी तय गरेको छ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आयोजना हुनेछ।
बैठकमा मुख्यतः रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न विपद् र पार्टीको १५औँ महाधिवेशनका विषयमा छलफल हुने भएको छ। यी दुई विषयलाई बैठकका औपचारिक एजेन्डाका रूपमा तय गरिएको दुलालले जानकारी दिएका छन्।
भोटेकोशी बाढीबाट सिर्जित अवस्थाबारे पार्टीको धारणा तथा महाधिवेशनसम्बन्धी विषयमा बैठकबाट आवश्यक निर्णय तथा छलफल हुने काँग्रेसले जनाएको छ।






