१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्’ : अर्जुननरसिंह केसी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले मुलुकमा आइलागेको प्राकृतिक विपत्तिको सामना गर्न सरकारले सबै पक्षसँग सहकार्य र संवाद गर्नुपर्नेमा जोड दिएका छन्।

संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले राहत वितरण र उद्धार कार्यमा सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएका हुन् ।

सांसद केसीले राष्ट्रिय विपत्तिको यस घडीमा सत्तापक्ष र प्रतिपक्ष नभनी सहमति र संवादमार्फत समाधान खोज्नुपर्ने बताए ।

सरकारले राहत वितरणमा प्रभावकारिता देखाउन नसकेको उल्लेख गर्दै उनले त्रिशूली पारि रसुवा लगायतका क्षेत्रमा अझै राहत पुग्न नसकेको दाबी गरे । विशेष गरी सिमलताल लगायतका क्षेत्रमा भएको दुर्घटना र सुरुङमा फसेकाहरूको उद्धारमा सरकारले ढिलाइ गरेको उनको आरोप छ ।

उनले भने, ‘अहिलेको यो राष्ट्रिय संकटमा हामी कोही सत्तापक्ष वा प्रतिपक्ष होइनौँ । विवादभन्दा संवाद र विमतिभन्दा सहमतिद्वारा बाटो खोज्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो । सुरुङमा समयमै विदेशी प्राविधिकहरूको सहयोग लिएको भए धेरै मानिसको ज्यान जोगाउन सकिने स्थिति हुन्थ्यो। यसमा सरकारको गम्भीर कमजोरी देखिएको छ । सरकारमा संवादको मानसिकता देखिएको छैन । एक्लै गर्न सकिन्छ भन्ने अहम् त्यागेर विदेशी प्राविधिकको सहयोग लिने र सम्पूर्ण राजनीतिक दलहरूसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो ।’

बाढी र पहिरोको प्रकोपलाई ‘हिमाली सुनामी’को संज्ञा दिँदै उहाँले रसुवा र नुवाकोट क्षत–विक्षत भएको तथा धादिङ, गोरखा र चितवनका केही भागमा समेत ठुलो क्षति पुगेको जानकारी दिए। सरकारले एक्लै सबै काम गर्न सकिन्छ भन्ने मानसिकता त्याग्नुपर्ने सुझाव दिए।

0 Comments