१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीबाट प्रभावित नेपाल टेलिकमका सबै मोबाइल साइट सञ्चालनमा

अ+ अ-

काठमाडौँ । भदौ १० गतेको बाढीबाट अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङका नेपाल टेलिकमका मोबाइल साइटहरू पुनः सञ्चालनमा आएका छन्। भदौ १६ गते थप प्रभावित साइट सञ्चालनमा ल्याइएसँगै बाढी प्रभावित क्षेत्रमा कम्पनीको नेटवर्क पहुँच पूर्ण रूपमा कायम भएको नेपाल टेलिकमले जनाएको छ।

बाढीका कारण तीन जिल्लामा रहेका १२० साइटमध्ये ८३ साइटबाट प्रदान हुँदै आएको सेवा अवरुद्ध भएको थियो। तीमध्ये टिमुरे, चिलिमे खोला र त्रिशूली-३ ‘बी’का तीन साइट भने पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।

सेवा पुनः स्थापनाका क्रममा भदौ १६ गते धादिङको कल्लेरी तथा नुवाकोटको भद्रटार थप्रेक, पुसनटार, तारुका, किस्पाङ-भाल्चे र बुधसिंहका साइट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। यससँगै प्रभावित १२० वटै साइट सञ्चालनमा आएको जनाइएको छ। पूर्ण क्षति भएका तीन साइटबाट उपलब्ध गराइने सेवा भने हाल अन्य साइटमार्फत प्रदान भइरहेको छ।

कल्लेरी साइट सञ्चालनमा आएपछि आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी र बेल्टार क्षेत्रका सेवाग्राहीलाई नेटवर्क सुविधा उपलब्ध भएको छ। त्यस्तै, भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी र रालुकादेवी क्षेत्र तथा पुसनटार साइटबाट पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली र भुवानीवेशी क्षेत्रका सेवाग्राही लाभान्वित हुने कम्पनीले जनाएको छ।

बाढीपछि सडक र विद्युत् आपूर्ति अवरुद्ध भएका दुर्गम स्थानमा समेत सेवा सञ्चालन गर्न नेपाल टेलिकमले सुरक्षा निकायको समन्वयमा हेलिकप्टरमार्फत प्राविधिक जनशक्ति, उपकरण, जेनेरेटर र इन्धन पुर्‍याएको थियो। कतिपय साइटमा विद्युत् आपूर्ति नियमित नभएकाले अझै जेनेरेटर प्रयोग गरेर सेवा सञ्चालन भइरहेको छ।

भदौ १० गते विपद्को जानकारी प्राप्त भएलगत्तै प्राविधिक टोलीलाई सेवा पुनःस्थापनामा परिचालन गरिएको थियो। भदौ ११ गते रसुवाका न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकप्टरमार्फत जेनेरेटर, इन्धन र ब्याट्रीसहित आवश्यक उपकरण पुर्‍याएर सेवा सञ्चालन गरिएको थियो। धुन्चेमा समेत जेनेरेटर, इन्धन र कर्मचारी परिचालन गरी सञ्चार सेवा कायम गरिएको थियो।

भदौ १२ गते रसुवाको गोलजुङ टावर (बाहुनडाँडा), नुवाकोटको गेर्खु, तुप्चे तथा टिमुरेमाथिको डाँडामा रहेको टावरमा हेलिकप्टरमार्फत आवश्यक उपकरण र प्राविधिक जनशक्ति पठाइएको थियो। नुवाकोटका मदनपुर, बट्टार र विदुर बसपार्क तथा धादिङको बैरेनी-ठमेल डाँडामा पनि जेनेरेटर र इन्धनसहित कर्मचारी परिचालन गरिएको थियो।

भदौ १३ गते रसुवाको त्रिशूली–३ ‘ए’ नजिकको टावर, उत्तरगया गाउँपालिकाको कालिकास्थान तथा नुवाकोटको बुङताङका टावर सञ्चालनमा ल्याइएका थिए। सोही क्रममा कटुञ्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर पनि पुनः सञ्चालनमा आएपछि प्रभावित १२० साइटमध्ये ९३ साइट सञ्चालनमा पुगेका थिए।

भदौ १४ गते रसुवाको नेपाल-चीन सीमास्थित रसुवा बोर्डरसहित अपर सेन्जेन, छापथोके, जिबजिबे माइक्रो र गत्लाङ तथा नुवाकोटका चारघरे र चारघरे मुलाबारी साइट सञ्चालनमा ल्याइएका थिए। रसुवा बोर्डर बीटीएसबाट नेपाल-चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म सञ्चार सेवा पुनः स्थापित भएको थियो।

त्यसपछि भदौ १५ गते रसुवाका जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजार साइट पनि सञ्चालनमा ल्याइएको थियो।

कम्पनीका अनुसार विद्युत् आपूर्ति सहज भएका कतिपय स्थानमा साइटहरू स्वतः सञ्चालनमा आएका छन् भने फोरजी सेवाको प्रभावकारिता पनि क्रमशः बढिरहेको छ। बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त संरचनालाई प्राथमिकताका आधारमा पुनः निर्माण गरी पुनः सञ्चालनमा ल्याउने तयारीसमेत गरिएको छ।

सेवा पुनः स्थापनाका लागि नेपाल टेलिकमका प्राविधिक तथा कर्मचारीसँग समन्वय गर्ने सम्बन्धित मन्त्रालय, नेपाली सेना तथा अन्य सुरक्षा निकाय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् गृह सञ्चालक, हेलिकप्टर सञ्चालक, स्थानीय तह, स्वयंसेवी संस्था, मोबाइल मर्मत सेवाका प्राविधिक, सञ्चारमाध्यम तथा मोबाइल सेवासँग सम्बन्धित सहयोगी निकायप्रति कम्पनीले आभार व्यक्त गरेको छ।

विपद्को अवस्थामा समेत आम नागरिकका लागि सञ्चार सेवा निरन्तर उपलब्ध गराउने र ‘राष्ट्रको सञ्चार’को भूमिकालाई प्रभावकारी रूपमा कायम राख्ने प्रतिबद्धता नेपाल टेलिकमले जनाएको छ।

0 Comments