१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरका सात पालिकामा आज सार्वजनिक बिदा

अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरका सात पालिकामा आज सार्वजनिक बिदा दिइएको छ । जिल्लाको भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, पुनर्वास नगरपालिका र लालझाँडी र बेलडाँडी गाउँपालिकामा गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नगर प्रमुखस्तरीय निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा मनाइने महत्त्वपूर्ण चाड गौराको अवसरमा स्थानीय बिदा दिएको बताए ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पनि आज पालिकाभर सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

राक्सिराङ र कैलाशमा सार्वजनिक बिदा
चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) का अवसरमा मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिकाले दुई दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

दुवै गाउँपालिकाले यही भदौ २२ र २३ गते पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । राक्सिराङ गाउँपालिकाले सरकारी कार्यालय, सार्वजनिक संघसंस्था तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।

कैलाश गाउँपालिकाले पनि बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । चेपाङ समुदायले यही भदौ २२ गते राति वनस्पति र नयाँ खाद्यान्न बाली घरमा राखी पूजा गर्ने, एकपाखे ढ्याङ्ग्रो बजाउने तथा २३ गते बिहान पितृ पूजा गरी प्रसाद ग्रहण गरेर आफन्तसँग न्वागी मनाउने परम्परा छ ।

नयाँ बाली भित्र्याएपछि पितृलाई चढाएर मात्र आफूले ग्रहण गर्ने चेपाङ समुदायको परम्परा छ । न्वागीमा नयाँ उब्जनी पितृलाई चढाउनाका साथै भूमि तथा प्रकृतिको पूजा गर्ने गरिन्छ ।

0 Comments