१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी: कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग

अ+ अ-

कञ्चनपुर । भोटेकोशी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुन:स्थापनाका लागि कञ्चनपुरबाट रु एक करोड बराबरको सहयोग प्रदान गरिएको छ । 

जिल्लाका विभिन्न स्थानीय तह, संघसंस्था र व्यक्तिबाट संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिकाले रु सात लाख कोषमा जम्मा गरेको नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले जानकारी दिए। 

त्यसैगरी, सुदूरपश्चिम विश्वविद्यालयले रु ८८ लाख बराबरको रकम राहत कोषमा प्रदान गरेको विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्टले बताए। उनका अनुसार उपकुलपतिले एक महिनाको तलब, प्राध्यापक तथा कर्मचारीले १० दिनसम्मको र अन्य तहका कर्मचारीले दुईदेखि सात दिनसम्मको तलब रकम कट्टा गरी कोषमा रकम जम्मा गरिएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघले बाढीबाट प्रभावितको लागि रु पाँच लाख २५ हजार राहत कोषमा जम्मा गरेको छ । संघका अध्यक्ष दिनेश मल्लले बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुन:स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए। 

यहाँको लिटिल बुद्ध एकेडमीले राहत कोषमा रु आठ लाख २५ हजार रकम प्रदान गरेको विद्यालयका प्रिन्सिपल श्याम सिंह मौनीले जानकारी दिए । 

उदयदेव सहकारी संस्थाले रु दुई लाख ११ हजार, मेघा सहकारीले रु एक लाख एक हजार र जिल्लाका अन्य सहकारीले रु ९८ हजार सहयोग गरेका छन् । यहाँको निड्स नेपालले रु एक लाख २५ हजार, समाज कल्याण संघले रु एक लाख ८६ हजार, भीमदत्त नगरपालिका वडा १८ ले रु एक लाख ११ हजार, सिर्जनशील सहकारीले रु एक लाख ११ हजार, भीमदत्त नगरपालिका–४ बाट रु ५१ हजार वडा १७ बाट रु ५० हजार रकम राहत कोषमा जम्मा गरिएको छ । 

जिल्लाको होटेल चेतनले ५१ हजार, आध्या स्कुलले ५५ हजार र मर्निङ ग्लोरी स्कुलले ५१ हजार रकम राहत कोषमा जम्मा गरेको छ । होटेल ओपेराले एक लाख ५१ हजार प्रदान गरेको छ । 

त्यसैगरी, कञ्चनपुरस्थित गुरुकुल इन्टरनेसनल स्कुलले विद्यालय प्राङ्गणमा धार्मिक महोत्सव गरी बाढीपीडितका लागि सहयोग जुटाउने तयारी गरेको छ । 

दिव्य श्रीकृष्ण लीला गौरा पर्व धार्मिक महोत्सव आयोजना गरी बाढीपीडितलाई सहयोग संकलन गर्न लागिएको विद्यालयका प्राचार्य खेमलाल घिमिरेले जानकारी दिए। “विपद्को समयमा सबै क्षेत्रबाट सहयोग भएको छ, विद्यालयले पनि केही सहयोग गर्न सकिन्छ कि भनेर गौरा पर्वको अवसर पारी यो महोत्सव आयोजना गर्न लागिएको हो,” उनले भने, “महोत्सवबाट यसबाट संकलन हुने सबै सहयोग बाढीपीडितलाई सहयोग गर्छौं ।” जिल्लाका विभिन्न संघसंस्थाहरूले बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुन:स्थापनाका सहयोग गर्ने क्रम जारी छ ।

0 Comments