१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी: विभिन्न स्थानबाट १७७ शव संकलन

अ+ अ-

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनअन्तर्गत नुवाकोटमा शव संकलनको प्रारम्भिक चरण सकिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) विपिन रेग्मीका अनुसार जमिनको सतहमा रहेका शवको खोजतलास एवं संकलनअन्तर्गत हालसम्म १७७ जनाको शव फेला पारिएको छ । तीमध्ये १६ जनाको पहिचान भएकाले सम्बन्धित परिवारलाई बुझाएको र बाँकी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

“नेपाली सेनाको हेलिकप्टरसहित नेपाल प्रहरीले ड्रोन क्यामेरा, तालिम प्राप्त कुकुरसहित जिल्लाको विभिन्न ३० स्थानलाई आधार इलाका बनाई शव खोजतलासअन्तर्गत जमिनको सतहमा रहेका शव संकलनको पहिलो चरणको काम पूरा गरेको छ”, प्रहरी प्रमुख रेग्मीले भने, “जमिनको सतह, घरभित्र देखिने अवस्थाका शव संकलन गरिएकाले कहीँकतै देखेमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।”

प्रहरीले अब उत्खनन र खानतलासीमार्फत शव संकलन सुरु गरेको जनाएको छ । संयुक्त सुरक्षा फौजमार्फत भइरहेको शव व्यवस्थापनमा नेपाल प्रहरीलाई जमिनको सतहमा सशस्त्र प्रहरी बल र संकलन भएको शव हवाई उडानमार्फत ल्याउन हेलिकप्टर प्रयोगमा नेपाली सेनाले सहयोग पुर्‍याउँदै आएको छ ।

शव संकलनअन्तर्गत सोमबार बेत्रावतीस्थित बच्चु अवस्थीको घर परिसरमा एक स्थानमा २१ जनाको शव बरामद भएको थियो । उक्त स्थानमा सार्वजनिक सवारीसाधन रोकेर सुरक्षित स्थान भन्ने ठानेर आश्रय लिएका व्यक्ति भएको जनाइएको छ । उक्त स्थानबाट संकलन भएको अधिकांश शवको बेत्रावतीमा पहिचान नभएसँगै परीक्षणका लागि काठमाडौँ पठाइएको छ ।

बाढीले प्रभावित बनाएको बेत्रावतीसहित सोलेबजार, तुप्चे, त्रिशूली बजार, ढुङ्गे र देवीघाटमा घर तथा सडकमा भरिएका ग्रेगर र लेदो हटाई प्रहरीले खानतलासीमार्फत पुरिएका स्थानमा शव खोजतलास सुरु गरेको हो । 

यसअघि विभिन्न ३० स्थानमा परिचालन भएको शव संकलन टोली अब मुख्य प्रभावित क्षेत्रको बस्तीमा केन्द्रित भएको छ ।

0 Comments