१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोज, उद्धार र राहत वितरणको गति बढाउन काँग्रेस सांसदहरूको माग

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरणको गति बढाउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै उनीहरूले यस्तो माग गरेका हुन् । बाढीमा परी सम्पर्कविहीन भएका नागरिकका आफन्तहरू अझै पनि आफन्त फर्किने आशामा बसिरहेको उनीहरूको भनाइ छ । सांसद मनमाया विश्वकर्माले विपद्को समयमा खोजी कार्यलाई अझ तिब्र बनाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले अगामी दिनमा आउन सक्ने सम्भावित विपद्को पूर्वतयारमा जुट्न समेत सरकारको ध्यानाकर्षण गराइन् । उनले विपद्को संकटलाई मध्यनजर गर्दै दीर्घकालीन रणनीति तयार गर्न समेत सरकारसँग माग गरिन् ।

उनले भनिन्, ‘यस विपत्तिको समयमा सरकारले खोजी कार्यलाई अझ तिब्र बनाओस् । र विपद्बाट भविष्य पर्न जाने संकटलाई मध्यनजर गर्दै सरकारले रणनीति तयार गर्न पनि म यसै सम्मानित सदनमार्फत जोडदार माग गर्दछु ।’

सांसद सन्दीप रानाले रसुवाको भोटेकोशी बाढीमा परी लुम्बिनी प्रदेशका २ सय ५५ जना नागरिक अझै सम्पर्कविहीन रहेको उल्लेख गरे । उनले सरकारले विपद्पछि खोज तथा उद्धारमा तदारुकता देखाउन नसकेको भन्दै असन्तुष्टि समेत जनाए । उनले राजनीतिक दल, नागरिक समाज र सबै पक्षलाई साथमा लिएर खोज, उद्धार र राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए । 

उनले भने, ‘यस राष्ट्रिय अपदामा लुम्बिनी प्रदेशमा समेत ठूलो मानवीय क्षति भएको छ । अझै पनि २५५ जना सम्पर्कविहीन हुनुभएको छ । उहाँहरूको खोजी तिब्र बनाउन नेपाल सरकारसँग माग गर्दछु । र यस विपद्को घडीमा पक्ष विपक्ष सबैलाई एकसाथमा लिएर र हामीलाई समेत कहाँ प्रयोग गर्नुपर्छ प्रयोग गरेर सरकारले खोज, उद्धार र राहत वितरणको गति बढाओस् भन्ने कुरा राख्न चाहन्छु । राष्ट्रिय आपद्को समयमा हामी सरकारलाई पूर्ण रूपमा सहयोग गरेर सामना गर्नको लागि कटिबद्ध छौँ ।’

सांसदहरुले छिमेकी राष्ट्रबाट आवश्यकताअनुसार प्रविधि र जनशक्ति सहयोग मागेर भए पनि उद्धार कार्यलाई प्रभावकारी बनाउन माग गरेका छन् ।  

0 Comments