भैरहवा । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावितको उद्धार, राहत, उपचार तथा पुन:स्थापनाका लागि रुपन्देहीको ओमसतिया गाउँपालिकाले रु. २४ लाख १७ हजार ९०० सहयोग गरेको छ ।
गाउँपालिकाका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारी एवं सामुदायिक विद्यालयका शिक्षकको पारिश्रमिकबाट संकलन भएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष मञ्जित यादवले जानकारी दिए ।
यसैबीच, ओमसतिया गाउँपालिकाले रसुवा बाढीबाट ज्यान गुमाएकाको आत्माको चिरशान्तिको कामना, शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।






