१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमा लैजाने विधायन समितिबाट पारित

अ+ अ-

काठमाडौँ । विधायन व्यवस्थापन समितिले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ । 

बिहीवार बसेको समितिको बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमा लैजानेगरि ल्याइएको उक्त विधेयकलाई पारित गरेको हो । विधेयकमाथिको दफावार छलफलका क्रममा समितिका सभापति कृष्णबहादुर रोकायले राष्ट्रिय अनुसन्धान विभागलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले नयाँ संशोधन विधेयक ल्याउने जानकारी दिए । उक्त विधेयक हाल मस्यौदा निर्माणको चरणमा रहेको उनको भनाई छ । राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने वा गृह मन्त्रालयअन्तर्गत राख्ने भन्ने बहसभन्दा विभागलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषय महत्त्वपूर्ण रहेको उनले बताए ।

उनले भने, ‘राष्ट्रिय अनुसन्धान विभागलाई कहाँ राख्ने भन्नेभन्दा पनि यसलाई कसरी व्यवस्थित गर्ने र प्रभावकारी बनाउने भन्ने कुरा महत्त्वपूर्ण हो । सरकारले नयाँ विधेयक पनि ल्याउने तयारी गरेको छ, भोलि आउने जुन विधेयक छ, त्यो विधेयकमा हामीले व्यापक रूपमा छलफल गरेर हामीले यसलाई दुईटा संरचना बनाउन आवश्यक परेमा पनि त्यहाँ व्यवस्था गर्छौँ । त्यो सरकारले त्यो ढंगले तयारी गरेर ल्याओस् ।’

समितिमा सांसदहरूले उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक ग्रहण गरेको उल्लेख गर्दै रोकायले आगामी संशोधन विधेयकमा ती विषयमा व्यापक छलफल गरिने बताए । उनले राष्ट्रिय अनुसन्धानसम्बन्धी दुई वटा संरचनाको व्यवस्था गर्न सकिने पनि बताए । राष्ट्रिय अनुसन्धान विभागबाट आन्तरिक तथा बाह्य सुरक्षासम्बन्धी सूचना संकलन हुने भएकाले प्रधानमन्त्रीलाई आवश्यक सूचना उपलब्ध गराउने प्रभावकारी संयन्त्र आवश्यक रहेको उनको भनाई छ । 

0 Comments