१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी: झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७ अर्ब ९५ करोड लाग्ने

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा गएको विनासकारी बाढी झण्डै चार खर्बको क्षति भएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले बिहीवार साँझ नियमित प्रेस ब्रिफिङ आयोजना गर्दै बाढीबाट क्षेत्रगत र मानवीय गरी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको भएको प्रारम्भिक अध्ययनले देखाएको जनाएको हो । प्रेस ब्रिफिङमा बोल्दै प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले आगामी चार महिनाभित्र प्रारम्भिक पुन:स्थापनाका लागि ७ अर्ब ५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको समेत बताए । उनले बाढी प्रभावित नागरिकको खोज, उद्धार र राहत वितरण सँगसँगै क्षतिको विवरण संकलनको कार्य समेत निरन्तर भइरहेको बताए ।

उनका अनुसार भवन, सार्वजनिक बस्ती, पुल, स्वास्थ्य, पोषण, शिक्षा, कृषि, पशुपालन, ऊर्जा, विद्युत् र दूरसञ्चार क्षेत्रको तत्काल पुनर्स्थापना सरकारको प्राथमिकतामा रहेको समेत बताए । उनले बिहीवार मात्र बाढी प्रभावित उत्तरी क्षेत्रबाट एक चिनियाँ नागरिकसहित ११४ जनाको उद्धार गरी काठमाडौं ल्याउने कार्य भइरहेको समेत बताए । उनले बिहीवार नै अन्य २० जनाको समेत बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएको बताए । उनले सरकारले खोज, उद्धार र राहत वितरणमा सरकारका संयन्त्रहरू क्रियाशील रहेको समेत बताए ।

उनले भने, ‘आज मात्र हाम्रो उत्तरी क्षेत्रबाट उद्धार भएर एक सय १३ जना नेपाली र एक चिनियाँ गरी एक सय १४ जना सकुशल उद्धार भएर काठमाडौं फर्किँदै हुनुहुन्छ । त्यो हाम्रो लागि सुखद समाचार हो । अन्य प्रभावित क्षेत्रमा फसेका २० जनाको पनि उद्धार भएको अवस्था छ । हामीले अर्ली रिकभरीमा अबको चार महिनामा के के गर्ने ? र यसको लागि अध्ययन गरेका थियौँ । र त्यो स्टिमेसन चाहिँ ७ अर्ब ९५ करोड बराबरको अर्ली रिकभरी गर्न लाग्ने अनुमान गरेका छौँ । बाढीमा कति लागत बराबरको क्षति भयो भन्ने कुरा पनि हामीले बाहिर ल्याएका छौँ । सबै क्षेत्रमा अहिले ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको डेटा आएको छ । ’

प्राधिकरणले बाढीमा परि हालसम्म १ हजार दुई सय ५९ जनाको शव फेला परेको जनाएको छ । अन्य ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ । 

0 Comments