१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन

अ+ अ-

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवस आज ‘मानवताको लागि एकबद्ध होऔँ’ भन्ने नाराका साथ मनाइँदै छ ।

विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० साल भदौ १९ गतेका दिन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको सदस्य र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा आबद्ध भई नेपाल रेडक्रसको स्थापना भएको हो ।

यस सोसाइटीका करिव १० लाखभन्दा बढी स्वयंसेवकहरू मानवीय सेवाका कार्यहरूमा तल्लीन रहेका महामन्त्री ऋषिरमण खनालले जारी गरेको सन्देशमा उल्लेख छ । हाल सोसाइटीको सात प्रदेश समिति, ७७ जिल्ला शाखा, एक हजार ६२३ उपशाखा, ११५ सहयोग समिति र छ हजार ५८७  जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचनाहरू रहेका छन् ।

नेपाल रेडक्रसले सरकारको सहयोगीका रूपमा रही संगठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा संकट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तहरूको प्रवर्द्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्त्वपूर्ण गतिविधिहरू देशैभरि सञ्चालन गर्दै आएको छ । यस्ता सेवा तथा विकासमूलक कार्यक्रमबाट वार्षिक रूपमा ३५ लाख व्यक्तिहरू लाभान्वित भएका सन्देशमा जनाइएको छ ।

यही भदौ १० गते रसुवा भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको प्रतिकार्यको लागि नेपाल रेडक्रसले सुरु देखिनै स्वयंसेवक परिचालन गरी खोज तथा उद्धार, राहत वितरण, मनोसामाजिक परामर्श सेवा, अस्थायी आवासजस्ता क्षेत्रमा सेवा पुर्‍याइरहेको जनाएको छ ।

यस प्रतिकार्यमा हालसम्म एक हजार ४१८ त्रिपाल, एक हजार ५२० कम्बल, एक हजार ९३० शव व्यवस्थापन झोला, ७१५ म्याट्रेस, ८० वटा अस्थायी शौचालयलगायतका सामग्री वितरण गरिएको छ ।

त्यस्तै प्राथमिक उपचार बक्स ५५ थान, मर्यादा सामग्री ७६० थान, एन ९० फाइभ मास्क नौ हजार, सरसफाइ स्वच्छता सामग्री ३९२ थानलगायतका सामग्री वितरण गरिएका छन् । नेपाल रेडक्रस सोसाइटीबाट बाढी प्रतिकार्यका लागि झण्डै पाँच हजार जना स्वयंसेवक परिचालन गरिएको छ ।

बाढीप्रभावित क्षेत्रमा राहतका साथै भविष्यमा उत्थानशील समुदाय निर्माणका लागि पुनर्लाभका कार्यक्रम गर्ने गरी नेपाल रेडक्रसले योजना तयार गरिरहेको छ । बाढी प्रतिकार्यका लागि रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ ‘आइएफआरसी’, रेडक्रसको अन्तर्राष्ट्रिय समिति ‘आइसीआरसी’, साझेदार राष्ट्रिय सोसाइटीहरूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

0 Comments