१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा’ : मुख्यमन्त्री भट्ट

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा तथा श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले गौरा पर्वले सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा, आस्था र पहिचानलाई जीवन्त राख्नुका साथै एकता, सद्भाव, आपसी प्रेम, भाइचारा र सामाजिक सहिष्णुतालाई सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री भट्टले विविधताबीचको एकता र पारस्परिक सम्मानको भावना अभिवृद्धि गर्दै समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरणमा गौरा पर्वको महत्वपूर्ण योगदान रहेको बताए । यस्तै, श्रीकृष्ण जन्माष्टमीले सत्य, धर्म, न्याय, प्रेम र सद्भावको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्दै आएको उल्लेख गरे ।

मुख्यमन्त्री भट्टले गौरा तथा श्रीकृष्ण जन्माष्टमीजस्ता पावन पर्वले सुदूरपश्चिमवासीबीच आपसी प्रेम, सद्भाव र एकताको भावना अझ प्रगाढ बनाउँदै सुखी, समुन्नत र समृद्ध सुदूरपश्चिम निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।

0 Comments