१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कुर्सीमा बसेर नेतृत्व गर्ने पुरानो शैलीबाट बाहिर निस्किनुपर्छ’ : गृहमन्त्री गुरुङ

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् प्रतिकार्यमा परम्परागत रूपमा मन्त्रालयमा बसेर कागजात हेर्ने शैलीभन्दा डिजिटल माध्यमबाट कमान्ड तथा समन्वयलाई प्राथमिकता दिइएको बताएका छन्।

गृहमन्त्री गुरुङले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको सहभागितामा विपद् प्रतिकार्य कमान्ड सेन्टरबाट काम भइरहेको जानकारी दिएका छन्। उनका अनुसार अनलाइन माध्यमबाट प्रत्येक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठक हुँदै आएको छ।

विपद्को प्रतिकार्यमा स्थलगत अवस्थाको जानकारीबिना कार्यालयबाट मात्र नेतृत्व गर्ने पुरानो अभ्यासले अपेक्षित परिणाम दिन नसकेको उनको टिप्पणी छ। विगतमा अपनाइएको नेतृत्व शैलीका कारण उत्पन्न समस्याबाट पाठ सिक्दै अहिलेको व्यवस्थापन प्रणालीलाई त्यसबाट फरक बनाइएको उनले बताएका छन्।

गुरुङले डिजिटल माध्यमको प्रयोगबाट निर्णय, समन्वय र प्रतिकार्यका काम तुलनात्मक रूपमा छिटो तथा प्रभावकारी भइरहेको दाबी गरेका छन्। मन्त्रालयको टेबल पछाडि बसेर गरिने कामभन्दा प्रविधिमा आधारित समन्वय प्रभावकारी भएको उनको भनाइ छ।

आफू भौतिक रूपमा कहाँ बसेर काम गरिरहेको छु भन्ने विषयलाई भन्दा विपद् प्रतिकार्यबाट प्राप्त हुने परिणामलाई मूल्यांकनको आधार बनाउन उनले आग्रह गरेका छन्।

गृहमन्त्री गुरुङले नेतृत्वको परम्परागत अवधारणा र प्रविधिमा आधारित वर्तमान कार्यशैलीबीचको अन्तरलाई ‘जेनेरेसन ग्याप’सँग समेत जोडेका छन्। पुरानै प्रणालीबाट फरक परिणाम अपेक्षा गर्ने तर नेतृत्वलाई पुनः त्यही पुरानो शैलीमा फर्किन दबाब दिने प्रवृत्तिप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन्।

0 Comments