१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीवितै उद्धार भएका कबिरकी श्रीमतीले भनिन्:‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’

अ+ अ-

काठमाडौँ । १० भदौको रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली ३ ‘ए’को सुरुङभित्र फसेका ललितपुरका कबिर महर्जनको शुक्रवार १० दिनपछि जीवितै उद्धार भयो ।

नेपाली सेनासहित विज्ञ र प्राविधिहरुको टोलीले महर्जनको शुक्रवार बिहान सकुशल उद्धार गरी काठमाडौँ ल्याइएको छ । उनको अहिले  सैनिक अस्पताल छाउनीको आइसियु कक्षमा उपचारमा भइरहेको छ । 

श्रीमानलाई भेट्न सैनिक अस्पताल पुगेकी उनकी श्रीमती हीराशोभा महर्जनले महर्जन सकुशल फर्किँदा परिवारमा खुसीको सीमा नभएको बताइन् । 

उनले श्रीमानले सुरुमा आफूलाई चिन्न नसकेको भए पनि अहिले अवस्था ठिकै रहेको बताइन् । उनले खुट्टामा थोरै चोट र शरीर समेत पहेँलो भएको कारण चिकित्सकको निगरानीमा रहेको बताइन् ।

उनले भन्नुभयो, ‘अहिले ठिकै छ, अलिअलि बोल्नुभएको छ । आउनेबेलामा त त्यस्तो बोल्न सकिराख्नुभएको थिएन । मलाई नै चिन्नुभएन सुरुमा त । अहिले आइसियुमा राखेर उपचार भइरहेको छ । खुट्टामा थोरै चोट लागेको छ । उहाँको सबै शरीर नै पहेँलो भएको छ । उहाँ फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन । उहाँ फर्किँदा हामी एकदमै खुसि छौँ ।  परिवारमा सबै खुसि हुनुभएको छ । नेपाल आर्मीले उहाँको जीवन बचाइदिनुभएकोमा धन्यावाद ।’

उनी मेकानिकल सुपरभाइजर हुन् । 

0 Comments