२० भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी: रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

अ+ अ-

रसुवा । भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालयले यही १० गतेको बाढीले पुर्‍याएको क्षतिसम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीबाट २८ वटा सरकारी र सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र एक हजार ५०० वटा निजी घरमा क्षति पुगेको छ ।

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा निर्माण भएका आठ वटा जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ । बाढीले १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, पाँच मेगाावटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र ३७ दशमलव तीन मेगावाटको त्रिशूली ३ ‘बी’मा क्षति पुर्‍याएको छ ।

खोज तथा उद्धार जारी
बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको खोज तथा उद्धार जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार कार्य भइरहेको छ । थप मद्दतका लागि दक्षिण कोरिया, भारत र चीनका विज्ञसमेत प्रभावित क्षेत्रमा खटिइएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

हालसम्म बाढीमा परी एक हजार ३६५ रसुवाली नागरिक, एक हजार १६० अन्य जिल्लाका नागरिक, २६४ पर्यटक सम्पर्कविहीन भएका छन् । यसैगरी बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी, ७९ जना सरकारी कर्मचारी, १३ सशस्त्र प्रहरी, २८ जना नेपाल प्रहरी, २७ नेपाली सेना हराएको सहायक प्रजिअ अधिकारीले जानकारी दिए । उनका अनुसार प्रभावित क्षेत्रका बासिन्दालाई खाद्यान्न आपूर्ति सहज गर्न हेलिकप्टरमार्फत राहत वितरण भइरहेको छ ।  

0 Comments