२० भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिमकोटमा विद्युत् आपूर्ति बन्द

अ+ अ-

हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणको हिल्दुम वितरण केन्द्रअन्तर्गत पावर हाउसमा समस्या भएपछि भदौ १६ गतेदेखि विद्युत् आपूर्ति बन्द भएको हो ।

वितरण केन्द्रका सूचना अधिकारी कृष्णप्रसाद वलीका अनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट–९ को कन्ट्रोलमा समस्या देखिएपछि विद्युत् सेवा अवरुद्ध भएको बताए । उनका अनुसार हुम्लामा उपलब्ध प्राविधिक जनशक्तिबाट तत्काल समस्या समाधान गर्न नसकिने भएकाले आवश्यक सामग्री र थप प्राविधिक जनशक्ति आएपछि मात्र मर्मत सम्भव हुने बताए ।

सामग्री र प्राविधिकको लागि खबर गरिसकेको भए पनि अहिलेसम्म आइ नपुगेकाले कहिलेसम्म मर्मत हुन्छ भन्ने कुरा यकिन नभएको बताए । उनले अर्को सूचना जारी नभएसम्म विद्युत् सेवा अवरुद्ध रहने सार्वजनिक सूचना जारी गरेको सुनाए ।

विद्युत् सेवा बन्द हुँदा सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम, व्यवसायी तथा सर्वसाधारण प्रभावित भएका छन् । केही सरकारी कार्यालयमा सोलार प्रणाली जडान भएकाले काम सञ्चालनमा केही सहज भए पनि सर्वसाधारण भने बढी प्रभावित भएका छन् ।

विशेष गरी विद्यार्थी र कोठा भाडामा बस्दै आएका नागरिकले विद्युत् अभावको बढी समस्या भोगिरहेका छन् । मोबाइल चार्ज गर्न, इन्टरनेट चलाउन, अध्ययन गर्न तथा विद्युतीय उपकरण सञ्चालन गर्न समस्या भएको छ ।

लामो समयसम्म विद्युत् अवरुद्ध हुँदा दैनिक कामकाज नै प्रभावित हुन थालेपछि स्थानीयले तत्काल वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याउन माग गरेका छन् । साथै, हुम्लामा पटक–पटक देखिने विद्युत् समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने उनीहरूको माग छ ।

0 Comments