२१ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षाकर्मीलाई प्रधानमन्त्री शाहको सन्देश : ‘तपाईँहरूको सेवा र सुविधामा सरकारले सम्झौता गर्दैन’

प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार, शव व्यवस्थापन, सुरक्षा तथा पूर्वाधार पुनः स्थापनामा खटिएका सुरक्षाकर्मीको प्रशंसा गर्दै उनीहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता नगर्ने बताएका छन्।

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी-त्रिशूली बाढी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मीको त्याग, निष्ठा र साहसको उच्च कदर हुने बताएका छन्।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कठिन भूगोल, प्रतिकूल मौसम र जनशक्ति क्षतिको पीडाबीच भइरहेको खोज तथा उद्धार कार्यप्रति सम्मान व्यक्त गरेका हुन्।

“तपाईँहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण संकटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाएका छन्,” प्रधानमन्त्री शाहले भनेका छन्, “कार्यस्थलमा खटिएका प्रत्येक सुरक्षाकर्मीको योगदानको उच्च कदर हुनेछ। तपाईँहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन।”

९२३ कैदी बन्दीको सुरक्षा
प्रधानमन्त्री शाहले नुवाकोटको विदुर नगरपालिका-६ स्थित खम्पा क्याम्पको केन्द्रीय कारागारमा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिकालाई विपद्का बेला देखाइएको साहसको एउटा उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

उनका अनुसार कारागारमा ९२३ कैदी बन्दी थिए। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले दायाँबायाँ क्षति पुर्‍याउँदै अघि बढेको सूचना पाएपछि कारागार सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका कमान्डरसहित ५२ सुरक्षाकर्मीले दुई भवनमा रहेका सबै कैदीबन्दीलाई माथिल्लो भवनमा सारेका थिए।

त्यतिबेलासम्म त्रिशूली नदीको तटीय क्षेत्रमा रहेको कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोस्ट र पर्खाल भत्काउँदै बाढी कैदी बन्दी राखिएका भवनको पहिलो तलासम्म पसिसकेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

बाढीको मौका छोपेर पर्खाल र गेट तोडी करिब १०० मिटर टाढासम्म पुगेका ५० कैदीबन्दीलाई पनि सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएको उनको भनाइ छ। भाग्न नपाएका कैदीबन्दीको आक्रमणबाट केही सुरक्षाकर्मी घाइते भएको र उनीहरूले आसपासका स्थानीयको समेत ज्यान जोगाएको प्रधानमन्त्रीले बताएका छन्।

लेदोमै ब्यारेक, खेतको आलीबाट पानी ओसार्दै सुरक्षाकर्मी
प्रधानमन्त्री शाहका अनुसार कारागारमा खटिएका सुरक्षाकर्मी बस्ने ब्यारेक र कार्यालय अझै लेदोमा छन्। कारागारसम्म पुग्ने पहुँचमार्ग अस्तित्वमा नरहेको र खानेपानीको व्यवस्था पनि अवरुद्ध भएको छ।

यस्तो अवस्थामा समेत सुरक्षाकर्मीले खेतको आलीलाई बाटो बनाएर टाढाबाट पानी बोकी कैदीबन्दीलाई खुवाउने, बाटो खुलाउने र उच्च मनोबलका साथ ड्युटी गर्ने काम गरिरहेको उनले बताएका छन्।

“हाम्रा सुरक्षाकर्मीहरूको यो साहस अद्भुत छ,” प्रधानमन्त्री शाहले भनेका छन्, “यो एउटा उदाहरण मात्रै हो। यो विपद्मा सुरक्षाकर्मीहरूले कैयौँ उदाहरणीय काम गरेका छन्।”

१३ हजार ३९१ जनाको उद्धार
प्रधानमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको जानकारी दिएका छन्।

सुरक्षाकर्मीले स्थलमार्ग र हेलिकप्टरबाट मात्रै नभई कतिपय घाइतेलाई आफ्नै काँधमा बोकेर अस्पताल पुर्‍याएको उनले उल्लेख गरेका छन्।

शवको संवेदनशील व्यवस्थापन, प्रभावित क्षेत्रमा महामारी तथा सङ्क्रामक रोग फैलिन नदिन र शिविरमा रहेका प्रभावितको मनोबल बढाउन तीनवटै सुरक्षा निकायका जनशक्ति अहोरात्र खटिएको प्रधानमन्त्रीको भनाइ छ।

तीन सुरक्षा निकायका ८२ जना सम्पर्कविहीन
प्रधानमन्त्री शाहले खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी आफ्नै सहकर्मी गुमाएको पीडामा रहेको पनि उल्लेख गरेका छन्।

उनले दिएको जानकारीअनुसार बाढीपछि नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १२ गरी ८२ सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्।

“आफ्ना साथी गुमाएको पीडामा आँसु लुकाएर तपाईँहरू दलदलमा पसिरहनुभएको छ, शव उठाइरहनुभएको छ र होल्डिङ सेन्टरमा दिनरात पहरेदारी दिइरहनुभएको छ,” प्रधानमन्त्रीले भनेका छन्।

थप बाढी आउन सक्ने सूचनाका आधारमा जोखिमयुक्त क्षेत्रमा सतर्क रहन माइकिङ गर्ने काममा पनि सुरक्षाकर्मी खटिएको उनले उल्लेख गरेका छन्।

सेनाका फरवार्ड र ट्याक्टिकल हेडक्वार्टर
प्रधानमन्त्री शाहका अनुसार नेपाली सेनाले नुवाकोटको त्रिशूली-बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ स्थापना गरेर उद्धार कार्य सञ्चालन गरिरहेको छ।

रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’, चिकित्सकसहितको ‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालन गरिएको छ।

सेनाले अन्य सुरक्षा निकायको सहयोगमा कठिन भूगोलमा उद्धार कार्यको अगुवाइ गर्नुका साथै जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धारको नेतृत्व गरिरहेको प्रधानमन्त्रीले जनाएका छन्। उक्त टोलीमा सशस्त्र प्रहरीको विशेष खोज तथा उद्धार टोली र नेपाल प्रहरीको ‘डग टिम’ पनि परिचालित छ।

सेनाले आवागमन सहज बनाउन बेलीब्रिज निर्माण र सडक खोल्ने काम तीव्र पारेको छ। नुवाकोटको देवीघाटमा सेनाका इन्जिनियर परिचालन गरी एक्रो ब्रिज जडान भइरहेको जनाइएको छ। प्रधानमन्त्रीका अनुसार बाढी प्रभावित क्षेत्रमा ९ हजार २८७ सैनिक परिचालित छन्।

खोजदेखि शव व्यवस्थापनसम्म प्रहरी
प्रधानमन्त्री शाहले नेपाल प्रहरी बाढीको सुरुदेखि नै खोज, उद्धार र राहत वितरणमा अग्रपङ्क्तिमा खटिएको बताएका छन्।

प्रहरीका तालिमप्राप्त कुकुर खोज तथा उद्धारमा प्रयोग गरिएका छन्। घाइतेलाई अस्पताल पुर्‍याउने, शव व्यवस्थापनको नेतृत्व गर्ने तथा जोखिमपूर्ण क्षेत्रमा सूचना प्रवाह गरेर नागरिकको जिउधन जोगाउने काममा प्रहरीले भूमिका निर्वाह गरिरहेको उनले उल्लेख गरेका छन्।

प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्नसमेत प्रहरी खटिएको उल्लेख गर्दै प्रधानमन्त्रीले हाल ७ हजार ९७५ प्रहरी परिचालित रहेको जानकारी दिएका छन्।

सशस्त्रका १३ विपद् प्रतिकार्य बेस
सशस्त्र प्रहरी बलले कठिन भूगोल र उर्लँदो भोटेकोशी-त्रिशूली नदीको जोखिमबीच गोताखोर तथा डोरी टोलीसहितका विशेष जनशक्ति परिचालन गरेको प्रधानमन्त्रीले बताएका छन्।

उनका अनुसार प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोस्ट, फिल्ड कमान्ड पोस्ट र १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएका छन्। ड्रोन स्क्वाड र केनाइन टोलीसमेत खोज तथा उद्धारमा परिचालन गरिएको छ।

सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा उपचार सेवा उपलब्ध गराउनुका साथै नेपाल–चीन सीमामा नेपाली झन्डा स्थापना गरेको प्रधानमन्त्रीको भनाइ छ। हाल प्रभावित क्षेत्रमा ४ हजार २०३ सशस्त्र प्रहरी परिचालित रहेको उनले जानकारी दिएका छन्।

परिवार र विज्ञलाई पनि धन्यवाद
प्रधानमन्त्री शाहले आ-आफ्ना मुख्यालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमान्ड पोस्टबाट सुरक्षा अधिकारीहरूले प्रभावित क्षेत्रमा परिचालित जनशक्तिलाई निर्देशन र समन्वय गरिरहेको बताएका छन्।

उनले संकटका बेला सुरक्षाकर्मीलाई कार्यक्षेत्रमा खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति सरकार कृतज्ञ रहेको उल्लेख गरेका छन्। संकट व्यवस्थापनमा सुरक्षा निकायसँगै खटिएका स्वदेशी तथा विदेशी विज्ञलाई पनि उनले धन्यवाद दिएका छन्।

“राष्ट्रसेवक सुरक्षाकर्मीज्यूहरू, तपाईँहरूप्रति हामी सधैँ कृतज्ञ रहनेछौँ,” प्रधानमन्त्री शाहले भनेका छन्।

0 Comments