२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द

अ+ अ-

जकार्ता । इण्डोनेसियाको माउन्ट अनक क्राकाटाउ ज्वालामुखी विष्फोट भई वायुमण्डलमा खरानी फैलिएपछि राजधानी जकार्तास्थित सोकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल लगायतका प्रमुख विमानस्थलहरू आइतबार अस्थायी रूपमा बन्द गरिएका छन् ।

 इण्डोनेसियाको परिवहन मन्त्रालयकाअनुसार ज्वालामुखीको सक्रियता बढेसँगै विमानस्थल क्षेत्रमा खरानीको प्रभाव देखिएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उडान सेवा स्थगित गरिएको हो । 

नागरिक उड्डयन महानिर्देशक लुकमान एफ। लाइसाले यस प्राकृतिक अवरोधका कारण देशको मुख्य विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडानहरू प्रभावित भएको जानकारी दिए । 

मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म १६ वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन् भने सातवटा उडान ढिला भएका छन् र पाँचवटाको समय तालिका परिवर्तन गरिएको छ । यसबाट सिंगापुर, हङकङ, सिड्नी, सोल, दोहा, एम्स्टर्डम र क्वालालम्पुर जस्ता प्रमुख गन्तव्यका उडानहरू प्रभावित भएका छन् । आन्तरिक सेवातर्फ लाम्पुङ, देनपासार र सुराबायाका चार उडान रद्ध हुनुका साथै एउटा उडानको मार्ग परिवर्तन (डाइभर्ट) गरिएको छ ।

सोकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलका अतिरिक्त जकार्ताको हालिम पेर्डानाकुसुमा, तांगेराङको बुडियार्टो र लाम्पुङको राडिन इन्टेन २ विमानस्थल पनि अस्थायी रूपमा बन्द गरिएका छन् । विमानस्थलहरूको यो आकस्मिक बन्दबाट करिव २३ हजार यात्रुहरू प्रभावित भएका छन् । यद्यपि, विमानस्थलको पार्किङ क्षेत्र (एप्रन) मा रहेका १७० वटा विमानहरू भने सुरक्षित रहेको महानिर्देशक लुकमानले पुष्टि गरे ।

हाल उड्डयन अधिकारीहरूले ज्वालामुखीको गतिविधि र वायुमण्डलमा खरानीको घनत्वबारे निरन्तर अनुगमन गरिरहेका छन् । मौसम विज्ञान विभाग, विमानस्थल सञ्चालक र एयर नेभिगेसन सेवा प्रदायकहरूसँगको समन्वयमा अवस्थाको मूल्यांकन गरी उडानहरू पुनः सञ्चालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । 

0 Comments