२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाले भन्यो : ‘जलविद्युत आयोजनाको टनेलभित्र १ सय २१ जना मात्रै फसेको देखिन्छ’

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले रसुवा बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा रहेका जलविद्युत आयोजनाका सुरुङमा १ सय २१ जना मात्रै फसेको बताएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमवार आयोजित कार्यक्रममा नेपाली सेनाका नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले उक्त जानकारी दिएका हुन्। 

उनका अनुसार रसुवागढीमा ५, लाङटाङमा ७, चिलिमेमा ७, अपर त्रिशूली-१ मा करिव ५०, त्रिशूली ३ ए मा करिव ४२ गरी १२१ जनाको हाराहारीमा टनेल भित्र रहेका छन् ।

त्रिशूली ३ बी मा हराएका सबै व्यक्ति टनेलभित्र प्रवेश गरेका व्यक्ति नभएको उनले बताए । विभिन्न परियोजनासँग आबद्ध सबै व्यक्ति टनेलभित्र फसेको भनेर बुझ्न नहुने उल्लेख गरे । परियोजनामा काम गर्नेहरू ९ सय भन्दा बढी सम्पर्कविहीन भएको भए पनि ती सबै टनेलभित्र भने नरहेको उनको भनाई छ । उनले टनेलको पूर्ण ब्रेकथ्रु नभएसम्म टनेलभित्र फसेका व्यक्तिको खोजी कार्य जारी रहने बताए । 

उनले भने, ‘परियोजनाहरूबाट टनेल लगायत कार्य र सम्पूर्ण हेर्दाखेरि ९ सयको हाराहारीमा सम्पर्कविहीन देखाए पनि त्यो टनेल भित्र फसेका व्यक्ति होइनन्, परियोजनासँग आबद्ध व्यक्तिहरू हुन् । अब सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी ५, लाङटाङ ७, चिलिमे ७, अपर त्रिशूली १ ५०, त्रिशूली ३ ए ४०, त्रिशूली ३ बी मा गरी हाराहारी १२१ जना मात्रै टनेलभित्र पसेको तथ्य देखिन्छ । त्रिशूली ३ बीमा सम्पर्क विहीन भएका सबै टनेलभित्र रहेको होइनन् । जबसम्म सम्पूर्ण टनेल ब्रेकथ्रु हुँदैन, त्यतिन्जेलसम्म यो जारी नै रहन्छ । अर्को सरकारले नै अब नगर्ने भन्ने निर्णय गर्छ अथवा प्राधिकरणले नै त्यस सम्बन्धी ल पुग्यो भनेर नभनिन्जेलसम्म हाम्रो खोजी जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन ।’

उनले सेनाले अहिले सूचनामा आधारित उद्धारलाई प्राथमिकतामा राखेको उनले जानकारी दिए । कुनै स्थानमा व्यक्ति फसेको वा सम्भावित अवस्थाबारे सूचना प्राप्त हुनेबित्तिकै टोली परिचालन गरी खोजी गर्ने रणनीति अपनाइएको उनको भनाई छ । खोजी तथा उद्धारसँगै सेनाले पुनर्निर्माण र पुन:स्थापनाका कामसमेत अघि बढाएको जनाएको छ । त्यसअन्तर्गत तुइन तथा झोलुंगे पुल निर्माण, रेकी तथा अवरुद्ध सडक खोल्ने काम शुरु गरिएको सेनाको भनाइ छ । 

0 Comments