२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

अ+ अ-

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का आज पनि भत्काउन सुरु गरिएको छ । सवारीसाधन आंशिक रुपमा रोकेर सोमबारदेखि झार्न सुरु गरिएकोमा आज ‘व्याक ह्याम्बर’को प्रयोग गरेर ढिस्का खसालिँदै छ ।

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानदेखि सडक रोकिएको समयमा गलले झर्न लागेका ढिस्का झार्न थालिएको हो । सोमबार दिनभर गलको सहायताले ढिस्का झारिएको थियो । आजदेखि व्याक ह्याम्बरको सहायताले ढिस्का झारिने छ । छ वटा ती उपकरण परिचालन गरिँदै छ । आवश्यकताअनुसार व्याक ह्याम्बर थप्नका लागि तयारी गर्न निर्माण व्यवसायीलाई भनिएको घिमिरेले बताए ।

प्राविधिक एवं मजदुरहरु पेटीको सहायताले भिरमा झुन्डिएर काम गरिरहेका छन् । पहिरोको हिसाबले अत्यन्त जोखिम मानिएको यो ठाउँमा डिभिजन सडक कार्यालयले पहिरो नियन्त्रणका लागि काम गरेको हो । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको समय पारेर यहाँ आंशिक सवारी रोकेर काम थालिएको हो ।

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि आंशिक बन्द गरेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड बिहान ८ बजेदेखि ८:३० बजे, १०:३० बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि १:३० बजे, ३:३० देखि ४ बजे र साँझ ६ बजेपछि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी आवागमन सुचारु गरिने छ । यसबाहेकको समयमा सो स्थानमा सवारी रोकेर पहिरो रोकथामको काम गर्न लागिएको हो ।

गत वर्षको असोज ३ र ७ गते सो ठाउँमा ठूलो पहिरो खस्दा एक सय चार घण्टा सडक अवरुद्ध भएको थियो । घिमिरेका अनुसार खोलाको नारायणगढतर्फको भित्तोमा पहिरो रोकथाम गर्न लागिएको हो । सो ढिस्को १०५ मिटर उचाइ र १६५ मिटर लम्बाइ छ ।

केही वर्षअघि सडक विस्तारका क्रममा काटिएको भित्तोमा गत वर्ष एकाएक पहिरो खसेपछि सो ठाउँ उच्च जोखिममा परेको हो । सुरुमा सो भित्तोमा झर्न लागेका ढुंगा, माटोलगायतलाई झारिँदै छ । यससँगै सो ढिस्कोलाई सफा गरिने छ । सोपश्चात् भित्तोमा रडलाई ‘ड्रिल’ गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिँदै छ । यसलाई ‘नेलिङ’ भनिन्छ । दश महिनामा काम सक्ने गरी कार्यालयले रु. २२ करोड २१ लाखमा बोलपत्र आह्वान गरेको थियो । यो बजेटभित्र नाम्सी खोलाको मुग्लिनतर्फको डाँडाको पनि पहिरो रोकथामको काम गर्नुपर्ने हुन्छ । सो सडक खण्डमा मध्यमदेखि उच्चसम्म गरी ४३ ठाउँमा पहिरोको जोखिम रहेको छ । जसमध्ये आठ ठाउँलाई उच्च जोखिमको रुपमा लिइएको छ ।

0 Comments