२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधु आचार्यको प्रस्ताव : ‘शुक्रवारसम्म मुद्दा फिर्ता लिए काँग्रेस एकताको आधार बन्छु’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीभित्रको विवाद समाधान गरी एकताको वातावरण निर्माण गर्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको पुनरावलोकनसम्बन्धी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन्।

काँग्रेसको बैठकमा धारणा राख्दै आचार्यले आगामी शुक्रवारसम्म मुद्दा फिर्ता लिए पार्टी एकताका लागि थप अनुकूल वातावरण बन्ने बताएका हुन्।

उनका अनुसार बृहत्तर पार्टी एकतालाई ध्यानमा राखेर क्रियाशील सदस्यतासम्बन्धी विषयमा आफूहरूले लचकता अपनाइसकेकाले त्यसको प्रतिफलस्वरूप अर्को पक्षले पनि सहमतिका लागि कदम चाल्नुपर्ने हुन्छ।

आचार्यले पार्टी एकताको पक्षमा रहेका र विभाजनको बाटोमा जान नचाहने नेताहरूले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिएर संवाद र सहमतिको वातावरण बनाउनुपर्नेमा जोड दिए।

उनले पुनरावलोकनको मुद्दा लिएर अदालत पुगेका नेताहरूलाई आगामी पाँच दिनभित्र, अर्थात् शुक्रवारसम्म, मुद्दा फिर्ता लिन आग्रह गरेका छन्। उनका अनुसार यस्तो कदमले पार्टीभित्रको अविश्वास घटाउन र एकताको थप आधार तयार गर्न सहयोग पुग्नेछ।

क्रियाशील सदस्यताको विषयमा गरिएको लचकतालाई पार्टीभित्रको सहमतिको प्रयासका रूपमा प्रस्तुत गर्दै आचार्यले दुवै पक्षबाट समान रूपमा सकारात्मक पहल हुनुपर्ने धारणा राखेका छन्।

काँग्रेसभित्र महाधिवेशन तथा क्रियाशील सदस्यतासहितका विषयलाई लिएर देखिएको मतभेदका बीच आचार्यको यस्तो आग्रह आएको हो। मुद्दा फिर्ता र आपसी सहमतिका आधारमा विवाद समाधान गर्नुपर्ने उनको प्रस्तावले पार्टीभित्रको संवादलाई थप केन्द्रित गर्ने देखिएको छ।

0 Comments