२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा गर्न रास्वपा सांसद शर्माको माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्माले जेन जेड आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।

जेन जेड शहीद दिवसका अवसरमा जेन जेड शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले आन्दोलनमा सहभागीहरू अझै पनि जेलमा रहेकोले रिहाइ गर्न माग गरेका हुन् ।

उनले आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई अपराधीको रूपमा व्यवहार नगर्न सरकारलाई आग्रह गरे । सांसद शर्माले जेन जेड आन्दोलन देश जलाउन नभई देश बनाउनका लागि भएको दाबी गरे । उनले आफरुहरुमाथी देश जलाउनेहरूको ट्याग लाग्ने गरेको गुनासो गरे । आफू देश जलाउन नभई भ्रष्टाचार र कुशासनको अन्त्यको लागि आन्दोलनमा उत्रिएको बताए । उनले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि पनि सरकारले तत्काल कदम चाल्नुपर्ने बताए । घाइतेहरूको स्वदेशमा उपचार सम्भव नभएका विदेशमा लगेर भए पनि उपचार गराउन उनले सरकारसँग माग गरे ।

उनले भने, ‘देश जलाउन कोही पनि आएको थिएन। आज विभिन्न ट्याग लाग्छ, दुःख लाग्छ । आज यहीँबाट हामीले एउटा संकल्प सबैजना भएर गर्नुपर्छ, सरकार हुनुहुन्छ, हामी छौँ, तपाईँहरू सबै हुनुहुन्छ । हामी देश जलाउन होइन देश बनाउन आएका हौँ । आज यो मञ्चबाट यो कार्यक्रमबाट त्यो प्रतिबद्धता सबैले गर्नुपर्छ र सँगसँगै म अनुरोध गर्न चाहन्छु, एउटा क्रान्तिकारीको हैसियतले त्यो वीरता सडकमा पोख्न आएको हैसियतले ती व्यक्तिहरू आज क्रान्तिका वीरता भनेर माल्यार्पण गर्नुपर्थ्यो होला, माला लगाएर स्वागत गर्नुपर्थ्यो होला । तर कयौँ दाजुभाइहरू हिरासतमा बसेका छन् । म यहीँबाट आग्रह गर्न चाहन्छु, गृहमन्त्रीज्यू हुनुहुन्छ, कानुन मन्त्रीज्यू हुनुहुन्छ, सरकार यही हुनुहुन्छ, आजैबाट अहिल्यैबाट तपाईँहरू लाग्नुस् ती अपराधी होइनन् । ती वीरताका गाथा गाउन लायक व्यक्तिहरू हुन्, तिनहरूलाई पुज्नुपर्छ, सम्मान गर्नुपर्छ, तत्कालभन्दा तत्काल उनीहरूको रिहाइ गरिनुपर्छ र सँगसँगै मैले यहीँ बसिरहँदा थुप्रै घाइतेका साथीहरूको पनि कुरा सुनेको छु । उहाँहरूको उपचार स्वदेशमा नभएर विदेशमा पनि गएर उपचार गर्नपर्ने बाध्यता छ त्यसमा पनि सरकारले छिटोभन्दा छिटो कदम चाल्दियोस् भन्न उहाँले आग्रह गर्नुभएको छ । हामी सबै तपाईँहरूको आग्रहलाई मान्छौँ, सरकार पनि प्रतिबद्ध छ भन्ने लाग्दछ । म धेरै लामो कुरा राख्न चाहँदिन। एकदमै दुखद अवस्थामा छौँ, म एउटा मात्र कामना गर्न चाहन्छु, एउटा मात्र यहाँबाट प्रार्थना गर्न चाहन्छु भदौ २३ त्यस्तो दिन अबको जीवनमा नेपालले कहिल्यै देख्न नपरोस् । नागरिकहरू मर्ने गरीको अवस्था कहिल्यै पनि नआओस् । एउटा नागरिकले म मरेर देश बनाउनुपर्छ भन्ने त्यो चेतना कहिल्यै पनि जागृत नहोस्, त्यसको निमित्त राज्य र सरकार, त्यसपछि जनता, जनता र राज्य बीचको सम्बन्ध सुमधुर हुनुपर्छ ।’

सांसद शर्माले आगामी दिनमा भदौ २३ जस्तो दु:खद् घटना दोहोरिन नदिन राज्य, सरकार र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउनुपर्ने बताए। नागरिकले देश बनाउन आफू मर्नुपर्ने अवस्था सिर्जना नहोस् भन्नका लागि राज्यले नागरिकका अपेक्षा र गुनासोलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।

0 Comments