२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगीसहितका प्रतिवादीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

गढवा गाउँपालिका वडा नम्बर १ अन्तर्गत पत्रिंगा घाटदेखि जेठानगाउँ घाटसम्मको क्षेत्रमा आर्थिक वर्ष २०७६–७७ मा नदीजन्य पदार्थ उत्खननका क्रममा सम्झौतामा तोकिएको सीमाभन्दा बढी उत्खनन भएको र त्यसबापत पालिकाले प्राप्त गर्नुपर्ने राजस्व दाखिला नगरिएको आयोगको आरोप थियो।

आयोगका अनुसार बढी उत्खनन भएको परिमाणबापत असुल हुनुपर्ने राजस्व रकम पालिकामा दाखिला नगरी गढवा गाउँपालिका कार्यालयको नाममा राखिएको बैंक ग्यारेन्टीसमेत फुकुवा गरिएको थियो। यसबाट गाउँपालिकाले प्राप्त गर्नुपर्ने राजस्वमा हिनामिना तथा सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी भएको दाबी गर्दै आयोगले मुद्दा अघि बढाएको थियो।

उक्त प्रकरणमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर कायम गरी ९५ लाख ९८ हजार रुपैयाँ बिगो माग दाबी गरेको थियो। बिगो असुलउपरसँगै ऐनको दफा ३ अन्तर्गतको कसुरमा सजाय तथा दफा ९ बमोजिमको कसुरमा समेत थप सजाय हुनुपर्ने माग दाबी आयोगको थियो।

आयोगले विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेकोमा अदालतले २०८२ चैत ३ गतेको फैसलाबाट प्रतिवादीहरूलाई सफाइ दिएको थियो।

विशेष अदालतको उक्त फैसला कानुनी तथा तथ्यगत आधारमा चित्त नबुझेको जनाउँदै आयोगले २०८३ भदौ २२ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको हो।

0 Comments