२४ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी प्रभावितका लागि हतुवागढीद्धारा २४ लाख ५३ हजार सहयोग

अ+ अ-

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले भोटेकोशीमा बाढीबाट प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने भएको छ । 

गाउँपालिकाले रु २४ लाख ५३ हजार ५०४ बराबरको सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको हो । स्थानीय सरकार, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले उक्त सहयोग संकलन गरेका हुन् । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार संलित रकममध्ये सबैभन्दा ठूलो हिस्सा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट प्राप्त भएको छ । पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट रु १६ लाख दुई हजार ७७७ जुटेको छ । 

यसैगरी, गाउँपालिकाका कर्मचारीबाट रु छ लाख ७१ हजार १२७, जनप्रतिनिधिबाट रु ७९ हजार र गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु एक लाख गरी कुल रु २४ लाख ५३ हजार ५०४ बराबरको सहयोग जुटेको  प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए।

भोटेकोशीका बाढीपीडितलाई सहयोग पुगोस् भन्ने पवित्र भावनाले सहयोग गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए।

0 Comments