२४ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्पछिको आवश्यकता आकलन र पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्रीको छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीपछिको खोज तथा उद्धार, प्रारम्भिक पुनरुत्थान, क्षति मूल्यांकन र आवश्यकता आकलनमा विकास साझेदारसँग समन्वय गर्न उच्चस्तरीय छलफल थालेका छन्।

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीपछिको पुनरुत्थान, क्षति मूल्यांकन र आवश्यकता आकलनका विषयमा विकास साझेदारहरूसँग छलफल थालेका छन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा बुधबार सुरु भएको स्थानीय विकास साझेदारहरूको बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टर सहभागी छन्।

बैठक जारी रहेकाले छलफलबाट प्राप्त निष्कर्ष तथा विकास साझेदारबाट हुन सक्ने सहयोगको विवरण सार्वजनिक भइसकेको छैन।

खोज, उद्धार र प्रारम्भिक पुनरुत्थानको समीक्षा

बैठकमा रसुवा बाढीपछि सञ्चालन गरिएका खोज तथा उद्धार कार्य र प्रारम्भिक पुनरुत्थानको अवस्थाबारे समीक्षा गरिने अर्थ मन्त्रालयले जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने स्रोत–साधन, पुनर्स्थापना र अत्यावश्यक पूर्वाधार सञ्चालनका लागि अपनाउनुपर्ने प्राथमिकतामाथि पनि सरोकारवालाबीच छलफल हुने बताइएको छ।

अर्थमन्त्री वाग्लेले यसअघि विपद्को उद्धार, राहत र पुनर्निर्माणमा स्रोतको अभाव हुन नदिने बताएका थिए।

द्रुत आवश्यकता आकलनमा जोड

छलफलको मुख्य कार्यसूचीमा द्रुत विपद् आवश्यकता आकलन र क्षतिको यथार्थ मूल्यांकन समावेश गरिएको छ।

प्रभावित क्षेत्रको भौतिक, सामाजिक तथा आर्थिक क्षतिको तथ्यगत आकलन गरी पुनरुत्थान र पुनर्निर्माणका प्राथमिकता निर्धारण गर्न बैठकले आधार तयार गर्ने अपेक्षा गरिएको छ।

विकास साझेदारसँग स्रोत समन्वय

बैठकमा सहभागी दातृ निकायका मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टरसँग पुनरुत्थानका प्राथमिक क्षेत्र, सम्भावित सहायता र स्रोत परिचालनका विषयमा पनि छलफल हुनेछ।

द्रुत आवश्यकता आकलनबाट प्राप्त विवरणका आधारमा सरकार र विकास साझेदारबीच पुनरुत्थान तथा पुनर्निर्माणका कार्यक्रम समन्वय गर्ने अर्थ मन्त्रालयको तयारी छ।

0 Comments