२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कतारमा अन्तर्राष्ट्रिय बाज तथा सिकार प्रदर्शनी

अ+ अ-

काठमाडौँ । कुनै समय अरबको तातो बालुवामा छाक टार्न र सिकार गर्न बाज पालिन्थ्यो । पुर्खाको त्यो बाध्यता आज समय क्रमसँगै अरब जगतको सबैभन्दा महँगो सौख र प्रतिष्ठाको प्रतीक बनिसकेको छ। तिनै बाजहरूको शाही रवाफ, मरुभूमिको पुरानो विरासत र आधुनिक प्रविधिलाई एउटै छानामुनि जोड्दै कतारको राजधानी दोहामा १० औँ अन्तर्राष्ट्रिय सिकार तथा बाज प्रदर्शनी ‘सहैल २०२६’ सुरु भएको छ। कतारा कल्चरल भिलेजमा मंगलबारदेखि सुरु भएको यस मेलामा विश्वका १५ मुलुकका १५८ भन्दा बढी कम्पनी र व्यावसायिक फर्महरू सहभागी छन्। आगामी सेप्टेम्बर १२ सम्म चल्ने प्रदर्शनीमा करोडौँ मूल्यका सिकारी बाजहरूदेखि लिएर मरुभूमिमा गुड्ने अत्याधुनिक अफ–रोड गाडी र सिकारका उपकरणहरू प्रदर्शनमा राखिएका छन्।

प्रदर्शनी कक्षभित्र पस्नासाथ काठको स्ट्यान्डमा शानका साथ पखेटा फिँजाएर बसेका विभिन्न प्रजातिका बाजहरू देखिन्छन्, जसको चालढाल र तीक्ष्ण नजरलाई अवलोकनकर्ताहरू निकै चाखपूर्वक नियालिरहेका छन्। त्यहाँबाट केही कदम पर पुग्दा परम्परागत छालाका सामान सिलाउने पुराना कालिगडहरूको सीप र बाजको गति पछ्याउने अत्याधुनिक जीपीएस ट्र्याकिङ प्रविधि एकसाथ देख्न पाइन्छ। हिजो खाना जुटाउन सिकार गर्ने बाज आज महँगा दौड, सिकार प्रतिस्पर्धा र सौन्दर्य प्रतियोगिताका स्टार बनेका छन्।

बाजप्रतिको यही लगावले खाडी क्षेत्रमा एउटा छुट्टै र ठूलो आर्थिक बजार जन्माएको छ। प्रदर्शनीमा बाजको स्वास्थ्य जाँच गर्ने विशिष्टीकृत क्लिनिक, कृत्रिम प्रजनन (ब्रिडिङ) फार्मदेखि मरुभूमिको सफारीमा प्रयोग हुने अत्याधुनिक गाडी परिमार्जन गर्नेसम्मका व्यवसायीहरू जुटेका छन्। बाज पालन अब संस्कृतिमा मात्र सीमित छैन: यो हतियार, छाला उद्योग र ठूला इभेन्ट म्यानेजमेन्टसँग जोडिएको नाफामूलक उद्योग बनिसकेको छ।

आफ्नो पुर्खाको विरासतलाई नयाँ पुस्ता र प्रविधिसँग जोड्नु नै यस प्रदर्शनीको मुख्य ध्येय भएको आयोजकको भनाइ छ। कताराका महानिर्देशक एवं आयोजक समितिका अध्यक्ष खालिद बिन इब्राहिम अल सुलतीका शब्दमा, ‘हामी हाम्रो इतिहासलाई केवल सम्झनामा थन्क्याएर राख्न चाहँदैनौँ। हाम्रो चाहना यो मौलिक परम्परा वर्तमान र भविष्यमा पनि उत्तिकै गर्वका साथ बाँचिरहोस् भन्ने हो।

0 Comments