२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजविराज अस्पतालबाहिर सुत्केरी भएको घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली जाँदै

अ+ अ-

काठमाडौँ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माउनुपरेको घटनाको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले छानबिन अघि बढाएको छ।

घटनाको वास्तविक अवस्था पत्ता लगाउन मन्त्रालय र नेपाल मेडिकल काउन्सिलको संयुक्त टोली स्थलगत अध्ययनका लागि राजविराज जाने भएको हो।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ तथा एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली आजै राजविराज प्रस्थान गर्ने जनाइएको छ। मन्त्रालयका तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग राईमाझी पनि छानबिन टोलीसँगै राजविराज जाने भएका छन्।

घटनालाई लिएर मन्त्रालयले अस्पताल प्रशासनसँग लिखित स्पष्टीकरण मागिसकेको छ। स्थलगत अध्ययनका क्रममा घटनाको पृष्ठभूमि, उपचार तथा भर्ना प्रक्रियालगायत विषयमा आवश्यक तथ्य संकलन गरी वास्तविकता सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।

छानबिनबाट कसैको लापरबाही वा कानुनविपरीत कार्य भएको पुष्टि भएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने मन्त्रालयको भनाइ छ।

यसैबीच अस्पताल प्रशासनले पनि घटनाको छुट्टै अध्ययनका लागि आन्तरिक छानबिन समिति गठन गर्ने तयारी गरेको छ। स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने कुनै पनि व्यक्तिलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने मान्यताअनुसार घटनालाई गम्भीर रूपमा लिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले घटनाको तथ्यगत अध्ययनसँगै स्वास्थ्य संस्थामा सेवाग्राहीको पहुँच, उपचार तथा भर्ना प्रक्रियामा देखिएका सम्भावित कमजोरीबारे समेत आवश्यक छानबिन अघि बढाइरहेको जनाएको छ।

0 Comments